सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने निर्णय, पीडितले कति फिर्ता पाउँछन् ? (भिडियोसहित)



काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतको ललितपुरको बालकुमारीमा रहेको निर्माणाधीन भेगास सिटी अपार्टमेन्ट लिलामी हुने भएको छ ।

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नतेको भेगास सिटी अपार्टमेन्टलाई लिलामी प्रक्रियाबाट बिक्री गरी पीडितको पैसुा फिर्ता गर्ने निर्णय गरेको हो ।

सुधीर बस्नेतको कहाँ के-के छ सम्पत्ति ? (पूर्णविवरण)

समितिका अध्यक्ष युवराज सुवेदीले बस्नेतले आफैं बनाउनका लागि समितिमा बुझाएको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) कानूनसंवत नभएको र आयोजना निर्माण गर्ने उनको नियत नदेखिएको निष्कर्श निकाल्दै समितिले लिलामी गर्ने निर्णय गर्नुपरेको बताए ।

सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास सिटी बनेन भने सावाँ पनि तिर्न सक्दिन (भिडियोसहित)

‘हामीले सुधीरलाई भेगास सिटी बनाउने हो भने ग्यारेन्टी देउ अनि बनाउ भन्यौं, तर उनले ग्यारेन्टी दिन चाहेनन्,’ सुवेदीले क्लिकमाण्डूसँग भने, ‘उनको नियत भेगास सिटी बनाएर पीडितको पैसा फिर्ता गर्ने देखिँदैन । त्यसैले अधिकारसम्पन्न यो समितिले लिलामीमा बिक्री गरेर आएको पैसा पीडितलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाएका हौं ।’

सहाकरी ऐन, २०७४ को दफा १०६ को ठ र ढ बमोजिम कब्जामा लिई लिलाम बिक्रीसमेत गरी सोही ऐनको दफा १०८ बमोजिम ओरेण्टल को-अपरेटिभ लिमिटेडका पीडितहरुलाई दायित्व भुक्तानी गर्ने सम्बन्धी व्यवस्था मिलाउनु पर्ने देखिएको सुवेदीले जानकारी दिए । आगामी केहीदिन भित्रै लिलामीको सूचना निकाल्ने सुवेदीले उनले बताए ।

सुधीर बस्नेतको ऋणकहानीः कुन बैंकले कति ऋण दिए, कति असुल्दैछन् ? (प्रमाणसहित)

लिलाम बिक्रीबाट आउने रकमले पीडितको आधाजति रकम फिर्ता गर्न सकिने देखिएको उनले जानकारी दिए ।

बस्नेतले सहकारी, हाउजिङ, बैंक वित्तीय संस्था र सरकारलाई कर समेत गरी १६ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

समिति भन्छ- यसकारण लिलामीमा लाने निर्णय गरियो

नेपाल सरकार द्वारा समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष सुधिर बस्नेत द्वारा संचालित कोहिनुर हिल हाउजिङ्ग प्रा.लि. अन्तरगतको ललितपुर जिल्ला, साविक इमाडोल गाउँ विकास समिति हालको महालक्ष्मी नगरपालिका वडा नं. २ मा रहेको भेगाससिटीमा निर्माणाधिन अपार्टमेण्टको बाँकी निर्माण कार्य सम्पन्न गर्ने गराउने सम्बन्धमा भएको त्रीपक्षीय संझौता आवश्यक कार्यार्थ पेस गरेका छौ भन्ने समेत व्यहोरा उल्लेखगरीकोहिनुर हिल हाउजिङ्ग प्रा.लि.कासुधिर बस्नेत, भेगाससिटीका उपभोक्ताहरुबाट भनी तेजबहादुर गुरुङ्ग तथा ओरेण्टल को-अपरेटिभ लिमिटेडका पीडितहरुको तर्फबाट भनी कुन्ती देवी पोख्रेल समेतले यस समिति समक्ष मिति २०७५।०३।२६ मा निवेदन दिइएको थियो ।

बैंकले लिलाम गरिसकेको सुधीर बस्नेतको सम्पत्ति फिर्ता गर्ने तयारी, अर्थमन्त्री र गभर्नरलाई पत्र

सोही दिन अधुरो अपार्टमेण्ट तयार गराएर हाउजिङ्गका बुकिङ्गकर्ताहरुलाई स्वामित्व प्रमाणपत्र दिलाउन, बैक र संचय कोषको कर्जा भुक्तानी गराउन र त्यो हाउजिङ्गबाट आर्जेको रकम ओरेण्टल को-अपरेटिभ लिमिटेडका निक्षेपकर्ताहरुलाई फिर्ता गराउने कार्यमा यस समितिको सदा सहयोग र समर्थन रहने कुराको विश्वास दिलाउने समेत उल्लेखगरी अपार्टमेण्ट सम्पन्न गराउने सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन DPR तैयार गरी अबिलम्ब पेस गर्न यस समितिको तर्फबाट निवेदकहरुलाई पत्र लेखिएको थियो ।

अपार्टमेन्ट र सहकारी पीडितसँग सुधीर बस्नेतको जम्काभेटमा जे देखियो… (फोटो र भिडियोसहित)

उक्त पत्रबाट माग गरिएको DPR पेस नगरेको भनी पुनः यस समितिबाट सात दिनभित्र DPR पेस गर्न मिति २०७५।०५।०७ को पत्रबाट ओरेण्टल को-अपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष सुधिर बस्नेतलाई पत्राचार गरिएकोमा DPR तैयार गर्नु पूर्व साविकका बुकिङ्गकर्ताहरुको संख्या तथा बिल्डिङ्ग निर्माणमा थपघट गर्ने नगर्ने भन्ने सम्बन्धमा समेत एकिन गर्नु पर्ने भै एक महिना भित्र DPR पेस गर्न सकिने भन्ने समेतको व्यहोरा उल्लेखगरी सुधिर बस्नेतले मिति २०७५।०८।१८ मा यस समिति समक्ष निवेदन दिइएको थियो ।

करोडौंको मालिक, जसलाई सुधीर बस्नेतले सडकमा झारिदिए

यस समितिबाट पत्राचार भएको लगभग ८ महिना पश्चात मिति २०७५।११।१३ मा २६ थान को कुल ४ हजार पृष्टको DPR पेस गरेको भनी समिति समक्ष सुधिर बस्नेतले DPR भनिएको कागजात सहित निवेदन पेस गरेको, पेस गरेको भनिएको DPR मा भेगाससिटी अपार्टमेण्ट परियोजनाको बाँकी निर्माण कार्य अबका दिनमा कम्पनी संचालकले गर्नु पर्ने हो वा समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिले गर्ने हो सो को लिखित जानकारी पाउँ भन्ने समेत उल्लेखगरी निवेदन दिएको, DPR भनी निवेदन साथ पेस गरिएको कागजातहरुका सम्बन्धमा यस समितिबाट अध्ययन गर्दा निम्नानुसारको तथ्यगत विवरणहरु देखिएको छ।

तपाईंलाई कुनले ठग्यो ? यी हुन् अर्बौं ठग्ने सहकारी (सूचिसहित)

-बिस्तृत परियोजना प्रतिवेदन DPR जस्तो बिशुध्द ईन्जिनियरिङ्ग बिषयसंग सम्बन्धित बिशेष दस्ताबेज सम्बन्धित बिषयमा योग्यता हाशिल गरी प्रचलित नेपाल कानुन बमोजिम दर्ता हुनु पर्ने निकायमा दर्ता भएको दर्तावाल ईन्जिनियरले तयार गर्नु पर्नेमा समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लिमिटेडका तत्कालिन अधक्ष्य सुधिर बस्नेत स्वयमले तयार गरी पेश गरेको देखियो।

सुधीर बस्नेतबाट ३० करोड ठगिएकी तारादेवीको अन्तर्वार्ता

DPR भनी पेस गर्नेले आफूमा ईन्जिनियरको योग्यता रहेको र आफू नेपाल ईन्जिनियरिङ्ग परिषदमा विधिवत दर्तावाल इन्जिनियर भएको भन्ने प्रमाण पेश गरेको देखिएन। प्रचलित नेपाल कानुन बमोजिम योग्यता नपुगेको ब्यक्तिले DPR तैयार गरी आधिकारीक निकाय समक्ष पेस गर्ने कानुनी हैसियत वा मान्यता प्राप्त गर्न सक्ने अवस्था देखिएन।

जेठ ६ भित्र दाबी गरे सुधीर बस्नेत पीडितको डुबेको पैसा फिर्ता हुने

-ललितपुर जिल्ला साविक ईमाडोल-४ स्थित जग्गामा कोहिनुर हिल हाउजिङ्ग प्रा.लि.को भेगाससिटी अपार्टमेण्ट परियोजना अन्तर्गत कुन कुन ब्लकको प्रत्येक तल्लामा के कति बर्गफिटका दरले जम्मा कति तला निर्माण गर्न पाउने गरी अधिकारप्राप्त निकायबाट स्वीकृती प्राप्त गरिएको हो, सो कागजातहरु पेस गरिएको छैन। आधिकारीक निकायबाट स्वीकृती प्राप्त गरेको कागजात समेत पेस नभएकोले यस्तो निवेदन कागजातले DPR को रुपमा  कानुनी मान्यता प्राप्त गर्न सक्ने देखिएन।

सुधीर बस्नेतले भने-जेलबाट निकाल्दिनोस्, १ वर्षमा पैसा तिर्छु

-भेगाससिटी अपार्टमेण्ट परियोजनाको साविकमा ब्लक A निर्णाण गर्ने भनी तय गरिएकोमा हाल पेस भएको निवेदन कागजातमा ब्लक A लाई रद्द गरी उक्त स्थानमा साना ब्यक्तिगत ३० वटा भवन निर्माण गर्ने भन्ने उल्लेख भएको छ। ब्लक A लाई रद्द गरी उक्त स्थानमा साना ब्यक्तिगत ३० वटा भवन निर्माण गर्ने भन्ने DPR भनी उल्लेख भएको कागजातबाट देखिए पनि त्यस्तो कार्य नेपाल सरकारको स्वीकृत मापदण्ड भित्रपर्ने ब्यहोरा पुष्टि हुने कागजातहरु पेस गरेको पाइएन।

-DPR भनी पेस भएको कागजातमा ब्लक C र D मा सत प्रतिसत तथा ब्लक F मा पचास प्रतिसत फ्ल्याट संख्या बृद्धिगर्ने प्रस्ताव गरिएको छ। डिजायन परिवर्तन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट विधिवत स्वीकृती लिनु पर्नेमा सो पेस गरेकोपाइएन।

बल्झिँदै सुधीर बस्नेत काण्डः धितो लिलामीमा प्राइम बैंकले यसरी गर्यो करोडौं घोटाला

– हालको बजारमूल्य अनुसार भनि प्रति बर्गफिट भवन निर्माणको रु. १२,२४०।- बिक्री मूल्य निर्धारण हुन गएको भन्ने DPR भनी पेस भएको कागजातमा उल्लेख गरेको पाइन्छ। यसरी, अगाडी नैं अपार्टमेण्ट बुकिङ्ग गर्ने बुकिङ्कर्ताहरुको हकमा नयाँ मूल्य कायम गरिनु ब्यावहारिक देखिएन।

-बिस्तृत परियोजना प्रतिवेदनमा अधिकारप्राप्त निकायबाट स्वीकृत ड्रईङ्ग डिजायन आवश्यक हुने भए पनि DPR भनी पेस भएको कागजात साथ स्वीकृत ड्रईङ्ग डिजायनपेस गरिएको छैन।जसबाट निवेदकले पेस गरेको Bill of Quantity (BOQ)परीक्षण हुन सक्ने अवस्था समेत रहेन।

सर्वसाधारणको अर्बौ ठगी गरेका सुधीर बस्नेतको बैंक खातामा २ लाख २९ हजार मात्रै !

-आर्थिक वर्ष ०७५।०७६ का लागि अधिकार प्राप्त सरकारी निकायले स्वीकृत गरेको श्रमिक र निर्माण सामाग्री समेतको दररेटका आधारमानिर्माण हुन बाँकि संरचनाहरुको निर्माण लागत एकिन गर्नु पर्नेमा आफुखुसी दररेट राखी निर्माण लागतको हिसाब निकालेको देखिएकाले त्यस्तो दस्ताबेजले कानुनी मान्यता प्राप्त गर्न सक्ने देखिएन।

– DPR भनिएको कागजात साथ संलग्न दररेट बिश्लेषण नेपाल सरकारले स्वीकृत गरेको निर्माण कार्यको दररेट विश्लेषण नम्स बमोजिमभएको पाइएन।

– भेगाससिटी अपार्टमेण्ट निर्माण गर्न नेपाल सरकारको सम्बध्द निकायबाट कार्य ‍सम्पन्न गर्नु पर्ने अवधी कहिले सम्मका लागि तोकिएको थियो सो खुलेको पाइन्न। यसैगरी, म्याद बाँकी रहेको भए निर्माण अवधी खुल्ने प्रमाण कागज समेत DPR भनी पेस भएको कागजात साथ संलग्न गरेको पाइएन।

– DPR भनी पेस भएको कागजातमा अधुरो अपार्टमेण्ट निर्माण सम्पन्न गर्न लाग्ने लगानीको श्रोतका रुपमा हालको बजार मूल्य बमोजिम थप मूल्य समायोजन बापतको रकमलाई मूख्य स्रोत मानिएको छ। निश्चित रकममा फ्ल्याट तयार गरी लिने दिने गरी कोहिनुर हिल हाउजिङ्ग प्रा.लि. संग करार गरी सम्पूर्ण रकम चुक्ता गरेर पनि हाल सम्म फ्ल्याट नपाएका बुकिङ्गकर्ताहरुबाट फेरि मूल्य बृद्धि बापत थप समायोजन रकम उठाएर सोही समायोजन रकमबाटै अपार्टमेण्टहरुको निर्माण सम्पन्न गर्ने गरी प्रस्ताब गरिए पनि यसरी उठाएको रकमबाट परियोजना सम्पन्न हुने कुनै बस्तुनिष्ठ आधार रहेको पाइन्न।

सहकारी ठग्नेलाई १० वर्ष जेल, जेलमै भएका सुधीर बस्नेतलाई अब के होला ?

यसैगरी, अपार्टमेण्ट बुकिङ्गकर्ताहरुबाट पर्याप्त रकम प्राप्त नभएमा वा परियोजना संचालन गरी रकम फिर्ता दिन नसक्ने अवस्था सिर्जना भएमा त्यस्तो रकम भुक्तानीको सुनिश्चितता कसरी गर्ने वा रकम भुक्तानीको दायित्व कसमा रहने भन्ने सम्बन्धमा उल्लेख गरेको पाइन्न।

– परियोजना सम्पन्न गर्न आर्थिक स्रोतको सुनिश्चितता नरहेको अवस्थामा परियोजना सम्पन्न गरी बुकिङ्गकर्ताहरुलाई अपार्टमेण्ट हस्तान्तरण गर्ने र निक्षेपकर्ताहरुलाई सोही अपार्टमेण्टहरु बिक्री गरी प्राप्त भएको रकमबाट ओरेण्टल को-अपरेटिभ लिमिटेडका पीडित बचत कर्ताहरुको बचत रकमफिर्ता गर्ने भन्ने निवेदकको भनाई पुष्टि गर्ने कुनै तथ्यगत आधारहरु रहेको पाइन्न।

सहकारी पीडितलाई न्याय दिन गौरीबहादुरको ठाउँमा आए युवराज, भन्छन्- न्याय दिलाएरै छाड्छु

– निवेदकले प्रस्ताव गरे बमोजिम DPR भनी पेस भएको कागजातमा उल्लेख भएकोपरियोजना सम्पन्न हुन वा सम्पन्न गर्न नसकेको अवस्थामा त्यस्को जिम्मा जबाफदेही कस्ले लिने त्यस्को लागि कुनै बैंक जमानत वा अचल सम्पत्ति जमानत दिएर काम संचालन गर्ने भन्ने सम्बन्धमा उल्लेख भएको पाइन्न।

ठूलो रकम समावेश हुने तथा दायित्वको रकम अत्यधिक रहेको प्रस्तुत परियोजनामा विना धरौट वा जमानत DPR भनी पेस भएको कागजातमा उल्लेख भए बमोजिमको कार्यको सुरुवात गर्न सक्ने अवस्था देखिएन। परियोजना कुनै कारणले संचलनमा आएको अवस्थामा समेत सफलतापूर्वक सम्पन्न गर्न सक्ने कुनै भरपर्दो वा विश्वास लायक आधार वा कारण देखिएन।

सुधीर बस्नेत र इच्छाराज तामाङसहित ३२ व्यवसायीलाई कर तिर्न आउन राजस्वको सूचना

-अधिकार नभएको ब्यक्तिले DPR तैयार गरेको, आधिकारीक निकायबाट भवन निर्माण गर्ने ईजाजत वा स्वीकृती संलग्न नभएको, भवन निर्माणको ड्रईङ्ग डिजाईनसमाबेश नभएको, शुरुको नक्सा डिजाईन र स्वरुपनै परिवरतन गर्नेगरी प्रस्ताव गरेकोमा संशोधित नक्सा ड्रइङ्ग डिजाईनस्वीकृत भएको नदेखिएको, हालको बजार मूल्यलाई आधार मानी थप समायोजन रकम उठाई सोही रकमबाट  अपार्टमेण्ट निर्माण सम्पन्न गर्ने मूख्य आर्थिक स्रोतका रुपमा प्रस्ताब गरेकोमा सो को सुनिश्चितता नरहेको, स्वीकृत दररेट र दररेट बिश्लेषण सम्बन्धि मापदण्डलाई आधार नबनाईएको र निर्माण अवधी थप भएको प्रमाणसमेत पेश गर्न नसकेको अवस्थामा निवेदन साथ पेस गरेको भनिएको DPR लाई आधिकारिक वा कानुनी मान्यताप्राप्त दस्ताबेजका रुपमा ग्रहण गर्न सक्ने अवस्था रहेन।

सुधीर बस्नेतलाई कुनै किसिमको ऋण नदिन समितिको आग्रह

-साविकमा कोहिनुर हिल हाउजिङ्ग प्रा.लि.ले भेगाससिटी परियोजना धितो पारितगरी बैंक तथा वित्तिय सस्थाहरुबाट लिएको ऋण चुक्ता भुक्तानी गर्नेनिश्चित आधारहरु रहेको पाइएन।

-यस समितिलाई नेपाल सरकारबाट तोकिएको कार्यक्षेत्रगत शर्त (Terms of Reference) बमोजिम संस्था उपर थप दायित्व सिर्जना गरी कार्य सम्पन्न गराउने अख्तियारी छैन। निवेदकले DPR भनी पेस गरेका कागजातहरुबाट भेगाससिटी स्थित परियोजनाका अपार्टमेण्टहरु विधिसम्मत ढङ्गले सम्पन्न गराउन बैधानीक आर्थिक स्रोतको सर्वथा अभावमा निवेदन माग बमोजिमका कुनै कार्यहरु गर्नसक्ने अवस्था रहेन।

एयरलाइन्स बिजनेश: राजेन्द्र खेतानदेखि भवन भट्ट, सुधीर बस्नेत र बिनोदबहादुर सबै असफल

-भेगाससिटीपरियोजनामा निर्माणाधिन अपार्टमेण्टहरु कानुन सम्मत ढङ्गले निर्माण सम्पन्न गर्ने सुनिश्चितता नभएको अवस्थामा निर्माण सम्पन्न गरे पश्चात अपार्टमेण्ट बिक्री गरी आएको रकमबाट करीव ४ अर्व रुपैयाँ ओरेण्टल को-अपरेटिभ लिमिटेडका पीडित बचत कर्ताहरुलाई फिर्ता गर्ने भनी DPR भनिएको निवेदन कागजातहरुमा उल्लेख भएको व्यहोरामा कुनै सत्यता समेत नरहेकोलेसुधिर बस्नेतले मिति २०७५।११।१३ मा DPR भनी पेस गरेको निवेदन कागजातलाई अस्वीकृत गरी सरोकारवाला सबैलाई जानकारी गराउनु पर्ने देखिन आयो।

-अतः यस समिति समक्ष पेस भएको तथ्यगत विवरणबाट, कोहिनुर हिल हाउजिङ्ग प्रा.लि. अन्तरगतको ललितपुर जिल्ला, साविक इमाडोल गाउँ विकास समिति हालको महालक्ष्मी नगरपालिका वडा नं. २ मा रहेको निर्माणाधिन भेगाससिटी अपार्टमेण्ट लिगलगापात समेत सहाकरी ऐन, २०७४ को दफा १०६ को ठ र ढ बमोजिम कब्जामा लिई लिलाम बिक्रीसमेत गरी सोही ऐनको दफा १०८ बमोजिम ओरेण्टल को -अपरेटिभ लिमिटेडका पीडितहरुलाई दायित्व भुक्तानी गर्ने सम्बन्धी व्यवस्था मिलाउनु पर्ने देखियो।


पुष्प दुलाल