एयरलाइन्स बिजनेश: राजेन्द्र खेतानदेखि भवन भट्ट, सुधीर बस्नेत र बिनोदबहादुर सबै असफल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा जापानका व्यवसायी भवन भट्टले एकैपटक अन्तर्राष्ट्रिय हवाई उड्डयनमा हात हाले । जापानमा रेष्टुरेन्ट व्यवसाय र नेपालमा उद्योग, संचारमाध्यममा लगानी गरेका भट्टको महत्वकाक्षीं योजना बिबी एयरवेज छोटो समय उडेर बन्द भयो ।
पोखराका युवा व्यवसायी राजु खत्रीले नमस्ते एयर दर्ता गरे । घरजग्गा व्यवसायको कारण वित्तीय रुपमा टाट पल्टेको अग्नि एयर चलाउने सम्झौता गरेका खत्रीको अन्नत आफ्नो भएको सम्पत्ति पनि डुब्यो ।
नेपालमा वायुसेवा चलाउन खोज्ने तथा कम्पनी दर्ता गर्ने धेरै व्यवसायी भए पनि सिमित मात्रै व्यवसायी सफल भएका छन् ।
हवाई व्यवसायमा असफल हुनेमा ठूलो व्यावसायिक घरानाका उद्यमी राजेन्द्र खेतान पनि पर्छन् । खेतानले संचालन गरेको एभरेष्ट एयर पनि सफल हुन सकेन ।
चार महिनाको नाफाको बोनस खुवाउने नेकोन एयरले अहिलेसम्म पनि कर्मचारीको तलब भुक्तानी गर्न सकेको छैन । तलब वापत ५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
सजिलोसँग लाइसेन्स पाउने नीतिले गर्दा धेरै व्यवसायीले हवाई उड्यनको अनुमति लिए पनि चलाउन नसकेका उदाहरणहरु धेरै छन् ।
न्यूनतम २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने हवाई व्यवसायमा लाइसेन्स लिन धेरै सजिलो छ । जसले गर्दा वित्तीय स्रोत नभएपनि धेरैले लाइसेन्स लिए ।
अन्तर्राष्ट्रिय हवाई सेवा संचालन गर्नको लागि न्यूनतम ५० करोड रुपैयाँ चुक्ता पुँजी र ५० लाख धरौटी चाहिन्छ भने आन्तरिकको लागि १५ करोड चुक्ता पुँजी २० लाख धरौटी बुझाएपछि लाइसेन्स पाउने व्यवस्था छ ।
जनताको लगानी पनि डुब्यो
हवाई कम्पनीमा जनताको लगानी डुबाउने काम नेकोन एयरले गर्यो । नेकोन एयरले सर्वसाधारणलाई सेयर जारी गरेर आक्रामक बजार विस्तार गरेको थियो ।
अहिलेसम्म नेपालमा संचालनमा रहेका कुनै पनि कम्पनी पब्लिक छैनन् । नेकोनले मात्र सर्वसाधारणलाई सेयर जारी गरेर पब्लिक कम्पनी बनेको थियो ।
नेकोनले सर्वसाधारणलाई १७ करोड ९२ लाख रुपैयाँको सेयर जारी गरेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको सूचिकरण खारेज गरिसकेको छ ।
कस्मिकले भाडा घटाएको थियो भने जहाज चढ्ने यात्रुलाई लक्की ड्र मार्फत मोटरसाइकल उपहार दिएको थियो । कस्मिक डुबेसँगै यसका संचालकहरु बिनिता प्रधान र उनको परिवारले संचालन गर्ने अरु व्यवसाय पनि कस्मिकसँगै धरासायी भए ।
२०४८ सालमा स्थापना भएको नेकोन एयरले छोटो समयमा सफलता सहित कहिल्लै उठ्न नसक्ने गरेर हराएको कम्पनीमा पर्छ । वर्षको चार महिना बराबरको तलब बोनस दिने कम्पनी संचालकहरुको कमिसन मोहले गर्दा डुबेको हो ।
नेकोन एयरले बैंकबाट लिएको ऋण नतिरेपछि यसका संचालकहरु कर्जा सूचना केन्द्रको कालोसूचिमा परेका थिए । कालोसूचिमा पर्नेमा बिनोदबहादुर श्रेष्ठ लगायतका संचालक छन् ।
चार महिनाको नाफाको बोनस खुवाउने नेकोन एयरले अहिलेसम्म पनि कर्मचारीको तलब भुक्तानी गर्न सकेको छैन । तलब वापत ५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । बन्द भएको नेकोन एयरको पुरानो जहाज म्युजियममा देख्न सकिन्छ ।
घरजग्गा व्यवसाय र सहकारीमा निक्षेपकर्ताको पैसा चलाएका कारण सुधीर बस्नेत र राजेन्द्र शाक्य दुबैले जहाज व्यवसाय चलाउन सकेनन् ।
जहाज चढ्दा बाइक उपहार दिने कस्मिकको सबै व्यवसाय बन्द
नेपाली हवाई व्यवसायमा उपहारको बाढी र भाडा सस्तो बनाउने काम कस्मिक एयरले गर्यो । कस्मिक ग्रुपका लगानीकर्ताले नेपालमा कस्मिक ब्राण्डको मोटरसाइकल पनि बनाएका थिए । कम्पनीले हवाई जहाजको भाडा अत्याधिक घटाएर बजार बिगारेको आरोप लागेको कस्मिक एयर र यसका लगानीकर्ता कहिल्लै नउठ्ने गरी थला परे ।
कस्मिकले भाडा घटाएको थियो भने जहाज चढ्ने यात्रुलाई लक्की ड्र मार्फत मोटरसाइकल उपहार दिएको थियो । यसका संचालकहरु बिनिता प्रधान र उनको परिवारले संचालन गर्ने अरु व्यवसाय पनि कस्मिकसँगै धरासायी भए, जहाजको गलत छनोटले तथा उपहार योजना राखेको कस्मिक एयरका लगानीकर्ता ऋण तिर्न नसकेर कालो सूचिमा परे ।
सुधीर र राजेन्द्र, जसलाई घरजग्गाले डुबायो
पछिल्ला १० वर्षमा कमाई र डुबाईमा चर्चा आउने व्यवसायमा शुधीर बस्नेत र राजेन्द्र शाक्य पर्छन् । जसमा राजेन्द्रको व्यवसाय भने अहिले सुधार आइसकेको छ ।
विगतमा एयरलाइन्सको इजाजत लिन सहज प्रावधानका कारण पनि एयरलाइन्स चलाउनेहरुको बाढीनै आएको थियो ।
सहकारी तथा घरजग्गा व्यवसाय संचालन गरेका शुधीर र ललितपुरका रैथाने व्यवसायी राजेन्द्रले हवाई व्यवसायमा हात हाले पनि सफल हुन सकेनन् । शुधीरको व्यवसाय पूर्णरुपमा धरासायी छ भने राजेन्द्र अहिले उकासिएका छन् ।
घरजग्गा व्यवसायको कारण सुधीरले चलाएको अग्नि तथा राजेन्द्रले चलाएको गुण एयरलाइसन्स चल्न सकेन । दुवैले चलाएको जहाज सञ्चार उद्यमी रामेश्वर थापाको सिम्रिक एयर लिएको थियो । घरजग्गा व्यवसायमा घाटा भएपनि अग्नी र गुण घाटामा थिएनन् ।
तर, घरजग्गा व्यवसाय र सहकारीमा निक्षेपकर्ताको पैसा चलाएका कारण बस्नेत र शाक्य दुबैले जहाज व्यवसाय चलाउन सकेनन् ।
इजाजजत र एओसी लिन के छ नियम ?
विगतमा एयरलाइन्सको इजाजत लिन सहज प्रावधानका कारण पनि एयरलाइन्स चलाउनेहरुको बाढीनै आएको थियो । नागरिक उड्डयान प्राधिकरणले २०६९ कात्तिक १७ गतेबाट एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर) लागू भएपछि प्राधिकरणले लाइसेन्स होल्ड गर्नेमाथि कडाइ गर्न थालेको हो ।
प्राधिकरणको नियमावली-२०५८ अनुसार म्याद सकिएको ६ महिनाभित्र पनि नवीकरण नगरे एओसी स्वतः रद्द हुन्छ । पुनः उडान सञ्चालन गर्नुपरे एओसी नवीकरण गराएकै हुनुपर्छ ।
नियमावलीको दोस्रो संसोधन-२०७१ ले अझै एओसी लिने माथी कडाई गर्न थालेको छ । विगतमा एओसी लिएर जहाज खरिद गर्ने एयरलाइन्सहरुलाई अहिले त्यो छुट छैन ।
नियमावलीको नियम ८६ अनुसार म्याद सकिएको ३५ दिनभित्र एओसी नवीकरण नगरे २५ प्रतिशत, ९० दिनभित्र ५० र १८० दिनभित्र ७५ प्रतिशत जरिवाना लाग्छ ।
पछिल्लो समय एओसी लिनको लागि जहाज ल्याउने पर्ने बाध्यकारी नियम छ । जसका कारण झन्डै दुई महिना कम्तिमा जहाज ग्राउन्डेड हुने गरेको छ ।
नियमावलीको नियम ८६ अनुसार म्याद सकिएको ३५ दिनभित्र एओसी नवीकरण नगरे २५ प्रतिशत, ९० दिनभित्र ५० र १८० दिनभित्र ७५ प्रतिशत जरिवाना लाग्छ । नवीकरण गर्दा वायुयानको तौलका आधारमा शुल्क लाग्छ ।
अन्तर्राष्ट्रिय उडानका लागि नयाँ एओसी लिन ५ हजार ७ सय किलो तौलसम्म १२ हजार ५ सय अमेरिकी डलर र त्यसपछि प्रत्येक १० हजार किलोका लागि थप १ हजार डलर लाग्छ ।
त्यस्तै, आन्तरिकतर्फ ७ हजार ५ सय किलोसम्म ५ हजार र त्यसपछि प्रत्येक १० हजार किलोका लागि थप ५ सय डलर तिर्नुपर्छ ।
आन्तरिक कम्पनीले ७ हजार ५ सय किलो र अन्तर्राष्ट्रियले ५ हजार ७ सय किलोसम्मलाई २ हजार ५ सय डलर नवीकरण शुल्क तिर्नुपर्छ । त्यसभन्दा माथि प्रत्येक १० हजार किलोका लागि आन्तरिकलाई २ सय ५० र अन्तर्राष्ट्रियलाई ५ सय डलर तोकिएको छ ।
आन्तरिक उडानका लागि जहाज र हेलिकप्टर सेवा संचालकले इजाजत लिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १० लाख रुपैयाँ धरौटी राख्नुपर्छ ।
हवाई नीतिमा आन्तरिक सञ्चालकसँग तीन जहाज हुनुपर्ने र कम्तीमा एउटा जहाज दुर्गम क्षेत्रमा उडाउनुपर्ने उल्लेख छ । मन्त्रालयले इजाजत दिएपछि प्राधिकरणले अनुमति दिने र त्यसको ६ महिनाभित्र एओसी लिनुपर्ने प्रावधान छ ।