
काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमा ३०५ व्यक्ति तथा कम्पनीको हिस्सा धेरै छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले प्रकाशित गरेको लेखापरीक्षणपछिको प्रतिवेदन अनुसार वाणिज्य बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व ३०५ व्यक्ति तथा कम्पनी रहेका छन् ।
३०५ व्यक्ति तथा कम्पनीमा २० प्रतिशतभन्दा बढी स्वामित्व २२ ठूला व्यापारिक घराना तथा सार्वजनिक संस्थानहरुको रहेको छ। वाणिज्य बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको पनि हिस्सा बढीरहेको छ ।
यी संस्थाले बैंकको सेयर किन्दा कमिसनको खेल भएको पाइएपछि नियामक नेपाल राष्ट्र बैंकले केही समययता यी संस्थालाई बैंकहरुको सेयर किन्न रोक लगाएको छ ।
लगानीका हिसाबले बैंकिङ क्षेत्रलाई राम्रो क्षेत्र मानिए पनि पछिल्लो समय बैंकले दिने प्रतिफल घट्दै गएको छ । अहिले बैंकको औषत प्रतिफल करिब ९ प्रतिशतको हाराहारी छ ।
सरकारले संसदमा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को संशोधन विधेयक २०८० मा बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव गरिएको छ । १ प्रतिशतभन्दा बढी संस्थापक सेयर हुने लगानीकर्तालाई बैंकिङ प्रणालीबाट कर्जा लिन कडाइ गर्ने प्रस्ताव छ । जसले पनि बैंकिङमा लगानी गरिरहेका ठूला लगानीकर्तालाई अफ्ठयारो पर्ने देखिएको हो ।
बैंकर र व्यवसायी छुट्याउने भन्दै यस्तो व्यवस्था गर्न लागेको अर्थ मन्त्रालय, कानून मन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
ग्लोबल आइएमई बैंकका ठूला १८ सेयरधनी
ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १८ व्यक्ति तथा कम्पनी रहेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकमा ठूला १८ सेयरधनी रहेका छन् भने २ ठूला सेयरधनी बैंकबाट बाहिरिएका छन् । एक ठूला सेयरधनी भने थपिएका छन् । थपिएका सहित १८ व्यक्ति तथा संस्था रहेका छन् ।

बैंकका अनुसार बैंकबाट मंगल कलश इन्भेष्टमेन्ट प्रालि र डम्बर बहादुर मल्ल बाहिरिएका छन् । मंगल कलशको बैंकमा ४४ लाख ३० हजार ५४ कित्ता अर्थात १.२४ प्रतिशत सेयर स्वामित्व रहेको थियो । यस्तै डम्बर बहादुर मल्लको २२ लाख ४७ हजार १९७ कित्ता अर्थात् ०.६३ प्रतिशत सेयर स्वामित्व रहेको थियो । दुबैले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका छन् ।
बैंकका नयाँ ठूला लगानीकर्ताको रुपमा गौरी श्रेष्ठको ‘इन्ट्री’ भएको छ । श्रेष्ठको नाममा बैंकको २० लाख ५८ हजार ९३२ कित्ता अर्थात् ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ। बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी संचय कोषको १ करोड ७१ लाख ४१ हजार २५१ कित्ता अर्थात् ४.७४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै आइएमई होल्डिङ्स प्रालिको १ करोड ३८ हजार २२७ कित्ता अर्थात् २.७८ प्रतिशत, आएइमई इन्भेष्टमेन्ट प्रालिको ९० लाख ५६ हजार ७५ कित्ता अर्थात् २.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा सुमित कुमार अग्रवालको ६५ लाख ८१ हजार ४८८ कित्ता अर्थात् १.८२ प्रतिशत, बिष्णु प्रसाद न्यौपानेको सेयर स्वामित्व रहेको छ ।
बैंकमा कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रालिको ४१ लाख ६३ हजार ५३४ कित्ता अर्थात् १.१५ प्रतिशत, उत्तम कुमार नेपालको ३३ लाख ६२ हजार ९७४ कित्ता अर्थात् ०.९३ प्रतिशत, नागरिक लगानी कोषको ३३ लाख १८ हजार ६४८ कित्ता अर्थात् ०.९२ प्रतिशत, रण बहादुर शाहको २८ लाख ३२ हजार १८७ कित्ता अर्थात् ०.७८ कित्ता, निमिष इन्भेष्टमेन्ट प्रालिको २६ लाख ८२ हजार ३२१ कित्ता अर्थात् ०.७४ प्रतिशत, होमल्याण्ड डेभलपर्सको २६ लाख २७ हजार ८३९ कित्ता अर्थात् ०.७४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै हेमराज ढकालको २४ लाख २६ हजार ३४७ कित्ता अर्थात् ०.६७ प्रतिशत, क्याबिनेट श्रेष्ठको २२ लाख ९५ हजार ५६९ कित्ता अर्थात् ०.६४ प्रतिशत, कामधेनु इन्भेष्टमेन्टको २२ लाख ४१ हजार ९५८ कित्ता अर्थात् ०.६२ प्रतिशत, रिता मल्लको २० लाख १७ हजार ८१७ कित्ता अर्थात् ०.५६ प्रतिशत, शारदा देवीको १८ लाख ९७ हजार ६८१ कित्ता अर्थात् ०.५३ प्रतिशत र सन्दीप अग्रवालको १८ लाख ७१ हजार ७६८ कित्ता अर्थात् ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
एनआईसी एशिया बैंकका ठूला २५ सेयरधनी
एनआईसी एशिया बैंकमा विभिन्न २५ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीका रुपमा रहेका छन् ।
बैंकको सबैभन्दा ठूला सेयधरनीमा अशोक कुमार अग्रवाल रहेका छन् । बैंकमा उनको स्वामित्व ६.१२ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै बैंकमा त्रिलोक चन्द अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको २.८६ प्रतिशत, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदिश प्रसाद अग्रवालको २.५३ प्रतिशत, विरेन्द्र कुमार संघईको २.०१ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै, तुलसीराम अग्रवालको १.७८ प्रतिशत, मञ्जु अग्रवालको १.७८ प्रतिशत, संचित अग्रवाल १.७८ प्रतिशत, निकुञ्ज अग्रवाल १.७६ प्रतिशत, गोविन्द लाल संघई १.६१ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्स १.१० प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै बासुदेव गोल्यान ०.९८ प्रतिशत, उषा अग्रवाल ०.९६ प्रतिशत, निर्मल कुमार अग्रवाल ०.९१ प्रतिशत, कविता संघई ०.८५ प्रतिशत, अर्पित अग्रवाल ०.७७ प्रतिशत, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट ०.७० प्रतिशत, शक्ति कुमार गोल्यान ०.६२ प्रतिशत, अनन्त कुमार गोल्यान ०.६१ प्रतिशत र विशाल अग्रवालको ०.५४ प्रतिशत सेयर स्वामित्व छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा १५ ठूला सेयरधनी
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा विभिन्न १५ कम्पनी ठूला सेयरधनीका रुपमा रहेका छन् ।
बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व राष्ट्रिय बिमा कम्पनीको रहेको छ । कम्पनीको बैंकमा ६.७३ प्रतिशत, महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको ३.९६ प्रतिशत, छाँया सेन्टरको ३.६८ प्रतिशत, केयूूपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत सेयर स्वामित्व छ ।

सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत, नागरिक लगानी कोषको १.३२ प्रतिशत, अन्नपूूर्ण इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, सूर्य इन्फोसिसको ०.७४ प्रतिशत, प्रेस्टिन इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, कमला इन्भेष्टमेन्टको ०.७४ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै नोबल इन्भेष्टमेन्टको ०.७० प्रतिशत, लोटस इन्भेष्टमेन्टको ०.६५ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको ०.६४ प्रतिशत, मर्कन्टाइल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत र सीआईटी सिटिजन युनिट स्किमको ०.६५ प्रतिशत सेयर स्वामित्व छ ।
कुमारी बैंकका २२ ठूला सेयरधनी
कुमारी बैंकको ठूला सेयरधनीमा २२ विभिन्न व्यक्ति तथा कम्पनी रहेका छन् ।
बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको ३.१९ प्रतिशत सेयर स्वामित्व छ । यस्तै अमिर प्रताव राणाको २.०२ प्रतिशत, नागरिक लगानी कोषको १.७१ प्रतिशत, भाटभटेनी सुुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरको १.४७ प्रतिशत, जानुुकी कमारी राना, शाहीको १.३० प्रतिशत, सावित्री गुरुङको १.२० प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको १.१९ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै बैंकमा बिरेन्द्र कुमार शाहको ०.९८ प्रतिशत, सांग्रिला इन्भेष्टमेन्ट प्रालिको ०.९५ प्रतिशत, सुमित कुमार अग्रवालको ०.९५ प्रतिशत, एनबी ग्रुप (नेपाल) को ०.७४ प्रतिशत, पशुपति मुुरारकाको ०.६९ प्रतिशत, जगनाथ ज्ञवालीको ०.६८ प्रतिशत, मिन बहादुर गुरुङको ०.६० प्रतिशत, ओम प्रसाद शर्माको ०.६० प्रतिशत, नारायण प्रसाद श्रेष्ठको ०.५९ प्रतिशत, बोध प्रसाद त्रिपाठीको ०.५९ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै बैंकमा गौरी श्रेष्ठको ०.५८ प्रतिशत, प्रदिप कुमार मुरारकाको ०.५७ प्रतिशत, राम प्रसाद श्रेष्ठको ०.५५ प्रतिशत, अनुुपम राठीको ०.५५ प्रतिशत र नविन अग्रवालको ०.५३ प्रतिशत सेयर स्वामित्व छ ।
एभरेष्ट बैंकमा ७ ठूला सेयरधनी
एभरेष्ट बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भारतको पञ्जाव नेशनल बैंकसहित ६ व्यक्ति र एक प्रालिको रहेको छ ।
बैंकका अनुसार सबैभन्दा बढी सेयर स्वामित्व पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत रहेको छ । पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात २ करोड ३५ लाख ६५ हजार १२० कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा प्रतिमा श्रेष्ठको सेयर स्वामित्व १४.७७ प्रतिशत अर्थात् १ करोड ७३ लाख ८६ हजार ७२२ कित्ता रहेको छ । यस्तै स्व.बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् १ करोड ८ लाख ३ हजार ६६२ कित्ता, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २२ लाख १३ हजार ८३८ कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २२ लाख १३ हजार ८३८ कित्ता, शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात् १३ लाख ८३ हजार ८९१ कित्ता सेयर स्वामित्व रहेको छ ।
बैंकमा अरुण मान शेरचनको ०.९५ प्रतिशत अर्थात् ११ लाख १२ हजार १७९ कित्ता र होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात् १ करोड ९ लाख ४९ हजार ७६९ कित्ता सेयर स्वामित्व रहेको छ । सर्वसाधारणको भने ४०.८३ प्रतिशत अर्थात् ४ करोड ३६ लाख ८० हजार ५० हजार २० कित्ता सेयर स्वामित्व रहेको छ ।
सिद्धार्थ बैंकमा ३४ ठूला सेयरधनी
सिद्धार्थ बैंकको ठूला सेयरधनीमा ३४ व्यक्ति तथा कम्पनी रहेका छन् । जसमा केही व्यक्तिले आफ्नो स्वामित्व घटाएका छन् भने केहीले पुरानै सेयर कायम राखेका छन् ।
बैंकमा प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ३.३२ प्रतिशत, नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल केडिया २.४८ प्रतिशत, सविता केडिया १.९२ प्रतिशत, चिरंजीलाल अग्रवाल १.८१ प्रतिशत, पवन कुमार अग्रवाल १.७६ प्रतिशत, सुवोध तोदी १.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

नरपत सिंह जैनको १.४५ प्रतिशत, दिनानाथ केडिया १.४१ प्रतिशत, आदित्य केडिया १.३९ प्रतिशत, महावीर इन्भेष्टमेन्ट प्रालि १.३७ प्रतिशत, तुषार तोदी १.२८ प्रतिशत, सुरेश कुमार रुङ्गटा १.२१ प्रतिशत, पूनम चन्द अग्रवाल ०.९७ प्रतिशत, विनोद कुमार अग्रवाल ०.९४ प्रतिशत, भरत कुमार तोदी ०.८७ प्रतिशत, राज कुमार टिब्रेवाला ०.८१ प्रतिशत सेयर स्वामित्व छ । राजेन्द्र कुमार अग्रवाल ०.७६ प्रतिशत, श्याम सुन्दर अग्रवाल ०.७५ प्रतिशत, सुरेश कुमार केडिया ०.७२ प्रतिशत, केशरी चन्द कुचेरिया ०.६७ प्रतिशत, शशि कला अग्रवाल ०.६३ प्रतिशत, मनिष जैन ०.६३ प्रतिशत, जगदिश कुमार अग्रवाल ०.६१ प्रतिशत, शम्भु कुमार कन्दोइ ०.५९ प्रतिशत, कबिन्द्र बहादुर श्रेष्ठ ०.५९ प्रतिशत, सरोज शर्मा ०.५४ प्रतिशत, इन्दिरा राजभण्डारी ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
विरेन्द्र कुमार शाहले आफ्नो स्वामित्वमा रहेको सेयर बढाएका छन् । अघिल्लो आवमा उनको नाममा ०.९९ प्रतिशत सेयर रहेकोमा गत आवमा बढाएर १.५४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा १.४९ प्रतिशत सेयर रहेको अशोक कुमार बाहेटीले अहिले घटाएर १.४८ प्रतिशत छ । गत आवको असार मसान्तसम्म राजेश कुमार केडिया ०.७८ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा ०.८८ प्रतिशत रहेको थियो ।
यस्तै मदन लाल केडियाले पनि आफ्नो स्वामित्व घटाएका छन् । अघिल्लो आवको असार मसान्तसम्म बैंकमा उनको १.०८ प्रतिशत स्वामित्व रहेकोमा गत आवको सोही अवधिमा ०.७६ प्रतिशत रहेको छ । केशरी चन्द कुचेरिया ०.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ । अघिल्लो आवको सोही अवधिमा ०.६६ प्रतिशत रहेको थियो । विनय कुमार शाह माडवारी ०.५५ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा ०.७७ प्रतिशत रहेको थियो ।
माछापुच्छ्रे बैंकमा २२ ठूला सेयरधनी
माछापुच्छ्रे बैंकको ठूला सेयरधनीमा कर्मचारी सञ्चय कोष भित्रिएको छ भने बैंकको ठूला सेयरधनीमध्येका सुरेन्द्र महतोले आफ्नो स्वामित्व ह्वात्तै घटाएका छन् ।
आर्थिक वर्ष २०७९/८० असार मसान्तमा बैंकमा महतोको ११.११ प्रतिशत स्वामित्व रहेको थियो । अहिले १.७१ प्रतिशतमात्रै बाँकी छ ।

बैंकमा महतोको १ अर्ब १३ करोड ९१ लाख ७ हजार ३०० रुपैयाँको सेयर स्वामित्व थियो । उनले ९४ करोड १ लाख ५६ हजार १०० रुपैयाँको सेयर बिक्री गरेका छन् । अब बैंकमा उनको स्वामित्वमा १९ करोड ८९ लाख ५१ हजार २०० रुपैयाँको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार ३० रुपैयाँ छ ।
यस्तै बैंकमा एनएमबि सरल बचत फण्ड-ई पनि भित्रिएको छ भने राजन लाल श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको ५ करोड २१ लख ७० हजार रुपैयाँको सेयर बिक्री गरेर बाहिरिएका छन् ।
बैंकमा कर्मचारी सञ्चय कोषको ९.२४ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको ९.१४ प्रतिशत, प्रेम कुमारी केसीको ८.६८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
राम आशिश साहु सुडीको ४.२४ प्रतिशत, डा धर्मराज श्रेष्ठको २.०३ प्रतिशत, करण मोटर कम्पनीको १.५१ प्रतिशत, अहिलेका माछापुच्छ्रेका अध्यक्ष रोशन केसीको १.४८ प्रतिशत, किरण केसीको १.४८ प्रतिशत, प्रकाश केसीको १.२९ प्रतिशत, राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको ०.९९ प्रतिशत, एसोसिएटेड अटोमोबाइल्स प्रालि ०.९३ प्रतिशत, प्रनेश्वर पोखरेलको ०.७२ प्रतिशत, पूर्ववनमन्त्री विरेन्द्र महतोको ०.६१ प्रतिशत र दिनेशलाल श्रेष्ठको सेयर स्वामित्व ०.५१ प्रतिशत रहेको छ ।
पिकेआर इन्भेष्टमेन्ट कम्पनी प्रालिको स्वामित्व ६.३५ प्रतिशतबाट घटेर ६.०७ प्रतिशत, कृष्ण गोपाल श्रेष्ठले २.०६ प्रतिशत रहेको स्वामित्व १.७८ प्रतिशतमा झारेका छन् ।
यस्तै व्यावसायिक घराना लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले १.१८ प्रतिशतबाट ०.९१ प्रतिशतमा झारेका छन् भने श्री हिमालयन इन्टर प्राइजेज प्रालिको ०.८० प्रतिशतबाट घटेर ०.७७ प्रतिशत रहेको छ । आजाद श्रेष्ठको ०.६४ प्रतिशतबाट घटाएर ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
नबिल बैंकका ठूला ५ सेयरधनी
नबिल बैंकका ठूला सेयरधनीमा विभिन्न स्वदेशी तथा विदेशी कम्पनी र बैंक रहेका छन् ।
बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एनबी (इन्टरनेशनल)आयरल्याण्डको रहेको छ । बैंकमा एनबीको १० करोड ६७ लाख ६ हजार २४२ कित्ता अर्थात् ३९.४४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बंगलादेशको आईएफआईसी बैंक पीएलसीको २ करोड १० लाख १७ हजार २६४ कित्ता अर्थात ७.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा राष्ट्रिय बीमा कम्पनीको २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता अर्थात् ७.६३ प्रतिशत, निर्वाण कुमार चौधरीको १८ लाख ९७ हजार ४५९ कित्ता अर्थात् ०.७० प्रतिशत, बरुण चौधरीको १८ लाख ८ हजार ९८५ अर्थात ०.६७ प्रतिशत सेयर स्वामित्व छ ।
प्रभु बैंकका ठूला १३ सेयरधनी
प्रभु बैंकका ठूला सेयरधनीमा १३ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा ठूलो सेयर स्वामित्व एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ ।
बैंकमा कम्पनीको ४.९९ प्रतिशत सेयर स्वामित्व छ । जसमा संस्थापक सेयर १ करोड ११ लाख ५३ हजार ८८ कित्ता र सर्वसाधारण तर्फको ६ लाख ५ हजार ९४० कित्तासहित १ करोड १७ लाख ५९ हजार २८ कित्ता सेयर स्वामित्व छ ।

बैंकमा गौरव अग्रवालको २.७१ प्रतिशत सेयर स्वामित्व रहेको छ । जसमा संस्थापकतर्फ ६३ लाख ४६ हजार १३९ कित्ता, सर्वसाधारणतर्फ ३३ हजार ७३ कित्तासहित ६३ लाख ७९ हजार २१२ कित्ता सेयर स्वामित्व छ ।
बैंकमा कर्मचारी संचय कोषको २.५३ प्रतिशत सेयर स्वामित्व छ । जसमा संस्थापकतर्फ ५६ लाख ४२ हजार ३६१ कित्ता, सर्वसाधारणतर्फ ३ लाख ९ हजार ४६६ कित्तासहित ५९ लाख ५१ हजार ८२७ कित्ता सेयर स्वामित्व छ । प्रभु ग्रुपको ०.९९ प्रतिशत सेयर स्वामित्व छ । बैंकमा ग्रुपको संस्थापकतर्फको २३ लाख ५४ हजार कित्ता स्वामित्व छ ।
यस्तै मिजास भट्टचनको ०.८ प्रतिशत स्वामित्व छ । जसमा संस्थापकतर्फको १८ लाख ९३ हजार ५८६ कित्ता र सर्वसाधारणतर्फ ४६ कित्ता सहित १८ लाख ९३ हजार ६३२ कित्ता सेयर स्वामित्व छ ।
सुदिप आचार्यको ०.६प्रतिशत स्वामित्व छ । जसमा संस्थापकतर्फ १३ लाख ३३ हजार २० कित्ता र सर्वसाधारणतर्फ ८८ हजार ९०३ कित्तासहित १४ लाख २१ हजार ९२३ कित्ता स्वामित्व छ ।
बैंकमा अम्बिका शर्मा लामिछानेको ०.६ प्रतिशत स्वामित्व छ । जसमा संस्थापकतर्फ ११ लाख ४५ हजार ९३६ कित्ता, सर्वसाधारणतर्फ २ लाख ६३ हजार ५९७ कित्ता सहित १४ लाख ९ हजार ५३३ कित्ता स्वामित्व छ ।
ज्यानु श्रेष्ठको ०.५८ प्रतिशत सेयर स्वामित्व छ । जसमा संस्थापक १२ लाख ६६ हजार १०९ कित्ता, सर्वसाधारणतर्फ ९४ हजार ३०५ कित्ता सहित १३ लाख ६० हजार ४१४ कित्ता स्वामित्व छ ।
राजेन्द्र भट्टचनको ०.५७ प्रतिशत स्वामित्व छ । बैंकमा उनको संस्थापक सेयर १३ लाख ५१ हजार ४८६ कित्ता, स्वरुप गुरुङको ०.५७ प्रतिशत स्वामित्व छ । जसमा संस्थापक सेयर ८ लाख ९ हजार ९७६ कित्ता र सर्वसाधारण तर्फ ५ लाख २६ हजार ५१६ कित्तासहित १३ लाख ३६ हजार ४९२ कित्ता रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट प्रालिको ०.५२ प्रतिशत स्वामित्व छ । जसमा संस्थापक १२ लाख २९ हजार ३५९ कित्ता र सर्वसाधारणतर्फ १ सहित १२ लाख २९ हजार ३६० कित्ता स्वामित्व छ ।
यस्तै शिवम सिमेन्टको ०.५१ प्रतिशत अर्थात् ११ लाख ९१ हजार ८०० र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत अर्थात् ११ लाख ८० हजार ८७२ कित्ता संस्थापक सेयर स्वामित्व छ ।
प्राइम बैंकका ठूला १८ सेयरधनी
प्राइम बैंकको ठूला सेयरधनीमा कांग्रेस कोषाध्यक्षसमेत रहेका पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ, सांसद बिक्रम पाण्डेदेखि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसम्मको रहेको छ ।
बैंकको ठूला सेयरधनीमा पूर्वराज्यमन्त्री श्रेष्ठसहित १८ जना रहेका छन् । श्रेष्ठसँग बैंकको २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता सेयर रहेको छ ।

यस्तै कर्मचारी सञ्चय कोषको १.८८ प्रतिशत अर्थात् ३६ लाख ४५ हजार २६१ कित्ता, विनोदचन्द्र बरालको १.४४ प्रतिशत अर्थात् २७ लाख ८५ हजार ५०३ कित्ता, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १.०६ प्रतिशत अर्थात् २० लाख ४७ हजार ३३४ कित्ता सेयर स्वामित्व रहेको छ ।
बैंकमा कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख ९६ हजार २४८ कित्ता, सांसद बिक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९८८ कित्ता, सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५१३ कित्ता, सुन्दरनारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३८५ कित्ता सेयर स्वामित्व रहेको छ ।
बैंकमा शैलजा बज्राचार्य ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३८० कित्ता, मनोहरदास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता, स्वेता मास्के श्रेष्ठको ०.६७ प्रतिशत अर्थात् १२ लाख ९६ हजार ५७२ कित्ता सेयर स्वामित्व छ ।
यस्तै महेशराज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १८० कित्ता, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ०.५६ प्रतिशत अर्थात् १० लाख ८४ हजार ५३७ कित्ता, श्यामबहादुर श्रेष्ठको ०.५५ प्रतिशत अर्थात् १० लाख ६७ हजार ७६२ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३७५ कित्ता, चिरन्जीवी देवाको ०.५१ प्रतिशत अर्थात् ९ लाख ८२ हजार २०२ कित्ता र धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २२० कित्ता रहेको छ ।
एनएमबि बैंकका ठूला १६ सेयरधनी
एनएमबि बैंकको ठूला सेयरधनीमा विदेशीसहित १६ व्यक्ति तथा कम्पनी रहेका छन् ।
बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व एफएमओ नेदरल्याण्डसको १३.६९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४७ हजार १४२ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै कर्मचारी संचय कोषको ५.५३ प्रतिशत अर्थात् १ करोड १ लाख ५० हजार ७२९ कित्ता, यंग लियन रियल्टी एसडीएनविएचडी मलेसियाको ४.२२ प्रतिशत अर्थात् ७७ लाख ४२ हजार २७० कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै गाईत्री इनभेस्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.८२ प्रतिशत अर्थात् ३३ लाख ५१ हजार ६०२ कित्ता, नन्द किशोर राठीको ३० लाख ९३ हजार ३२० कित्ता अर्थात् १.६८ प्रतिशत, धनन्जय प्रसाद आचार्यको २८ लाख ६ हजार १६१ कित्ता अर्थात् १.५३ प्रतिशत, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत अर्थात् १९ लाख १ हजार ९८७ कित्ता सेयर स्वामित्व रहेको छ ।
बैंकमा सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत अर्थात् १७ लाख ५० हजार ३१६ कित्ता, पवन कुमार गोल्यानको ०.९२ प्रतिशत अर्थात् १६ लाख ९६ हजार ७३२ कित्ता, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत अर्थात् १६ लाख ७४ हजार १०१ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै बैंकको ठूला सेयरधनीका रुपमा रहेका सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत अर्थात् १४ लाख ५९ हजार २२२ कित्ता, पुरुषोत्तम लाल संघाइको ०.७१ प्रतिशत अर्थात् १२ लाख ९५ हजार ४९२ कित्ता, पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात् १० लाख ७२ हजार २६३ कित्ता, सन्तोष राठीको ०.५८ प्रतिशत अर्थात् १० लाख ५८ हजार ६९७ कित्ता, दिनबन्धु अग्रवालको ०.५३ प्रतिशत अर्थात् ९ लाख ७२ हजार ५७४ कित्ता र बलराम न्यौपानेको ०.५२ प्रतिशत अर्थात् ९ लाख ५४ हजार ८९४ कित्ता सेयर स्वामित्व रहेको छ ।
सिटिजन्स बैंकका २२ ठूला सेयरधनी
सिटिजन्स बैंकको ठूला सेयरधनीमा २२ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व नागरिक लगानी कोष ३.३५ प्रतिशत रहेको छ ।
यस्तै बैंकमा स्वर्गिय उर्मिला पाण्डेको ३.३० प्रतिशत, बिजेन्द्र जोशीको १.५९ प्रतिशत, मनोहर दास मूलको १.३७ प्रतिशत, दिग्विजय बिष्टको १.३० प्रतिशत, तारा विष्टको १.३० प्रतिशत, पवित्र कुमार कार्कीको १.२८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै रविन्द्रमान सिंह प्रधानको १.२८ प्रतिशत, सावित्री शर्माको १.१८ प्रतिशत, रमेश शर्माको १.०२ प्रतिशत, सोनी जोशीको ०.९४ प्रतिशत, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत, जगन्नाथ ज्ञवालीको ०.७३ प्रतिशत, डा. शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत, विष्णु प्रसाद पोखरेलको ०.७१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै बैंकमा सुलोचन राज राजभण्डारीको ०.६८ प्रतिशत, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत, प्रमिला नेपालको ०.५६ प्रतिशत, रमिता भट्टराईको ०.५४ प्रतिशत, मनिता भट्टराईको ०.५४ प्रतिशत, प्रताप जंग पाण्डेको ०.५२ प्रतिशत र राजेश खड्काको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंकका ७ ठूला सेयरधनी
स्टयान्डर्ड चार्टर्ड बैंकको ठूला सेयरधनीमा ७ व्यक्ति तथा कम्पनी रहेका छन् । २०८१ असार मसान्तसम्म बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व स्टयान्डर्ड चार्टर्ड ग्रिनलेज प्रालिको ४ करोड ४१ लाख ३६ हजार ३३८ कित्ता अर्थात् ४६.८१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको २३.४० प्रतिशत अर्थात् २ करोड २० लाख ६८ हजार १६९ कित्ता सेयर रहेको छ । बैंकका ठूला सेयरधनीमा बाँकी ५ जना व्यक्ति भने नेपाली रहेका छन् ।
बैंकमा सशिकान्त अग्रवालको ६ लाख ६० हजार ८३६ कित्ता अर्थात् ०.७० प्रतिशत, प्रियंका अग्रवालको ६ लाख ६० हजार ८३६ कित्ता अर्थात् ०.७० प्रतिशत, कमला आग्रवालको ६ लाख ६० हजार ८३६ कित्ता अर्थात् ०.७० प्रतिशत, अभिनाश अग्रवाला ६ लाख ६० हजार ८३६ कित्ता अर्थात् ०.७० प्रतिशत र शंकरलाल अग्रवालको ६ लाख २० हजार ८९ कित्ता अर्थात् ०.६६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
हिमालयन बैंकका १५ ठूला सेयरधनी
हिमालयन बैंकको ठूला सेयरधनीमा १६ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १२.६२ प्रतिशत, एन टे«डिङ कम्पनीको ८.२६ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६ प्रतिशत, आभा इन्टरनेशनल प्रालिको ७.४६ प्रतिशत, छाया इन्टरनेशनल प्रालिको ५.७८ प्रतिशत सेयर स्वामित्व छ ।

बैंकमा प्रदिपजंग पाण्डेको १.९८ प्रतिशत, सशिकान्त अग्रवालको १.७१ प्रतिशत, इच्छाराज तामाङ्को १.३६, नेशनल लाइफको १.२५ प्रतिशत, एशियन इन्भेष्टमेन्ट एण्ड टे«डिङ कम्पनीको ०.७७ प्रतिशत, रिता मल्लको ०.७३ प्रतिशत, प्रभा गोयन्का भिमसरियाको ०.६७ प्रतिशत, बिजय इन्टरनेशनल प्रालिको ०.६१ प्रतिशत र अन्जु खेतानको ०.५० प्रतिशत सेयर स्वामित्व छ । उनी यो बैंकका लागि नयाँ ठूला सेयरधनीहुन् । बैंकबाट अम्बिका शाह भने बाहिरिएका छन् । अघिल्लो वर्षसम्म बैंकमा उनको ०.६१ प्रतिशत सेयर स्वामित्व थियो ।
लक्ष्मी सनराइज बैंकमा ३७ जना ठूला सेयरधनी
लक्ष्मी सनराइज बैंकको ठूला सेयधरनीमा २७ विभिन्न व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा स्वामित्व लक्ष्मी कर्प नेपालको ७.७८ प्रतिशत, नागरिक लगानी कोषको ४.६५ प्रतिशत, सारिका खेतानको ४.१७ प्रतिशत, स्नेहा खेतानको ३.९१ प्रतिशत, मोतीलाल दुुगडको २.७७ प्रतिशत, मालचन्द दुगडको २.४० प्रतिशत, रतन लाल संघई २.३९ प्रतिशत, गोपि कृष्ण सिकारिया २.३५ प्रतिशत, राजेन्द्र कुमार खेतान २.३५ प्रतिशत, हिमालयन एक्जीम प्रालिको १.९७ प्रतिशत, श्रवण कुमार गोयलको १.४२ प्रतिशत, सुरेन्द्रा दुुगड १.४१ प्रतिशत, विवेक दुुगड १.३३ प्रतिशत, एमटीसी इन्भेष्टमेन्ट प्रालि १.२८ प्रतिशत, बच्छराज तातेड १.१५ प्रतिशत, कैलाश चन्द गोयलको १ प्रतिशत सेयर स्वामित्व छ ।

राष्ट्रिय बिमा संस्थान (जीवन बिमा) ०.९९ प्रतिशत, निर्मला देवी गोयल ०.९५ प्रतिशत, पुजा अग्रवाल खेतान ०.८६ प्रतिशत, विवेक तातेड ०.७८ प्रतिशत, शौरभ तातेड ०.७७ प्रतिशत, विशाल तातेड ०.७७ प्रतिशत, श्री निवास शारडा ०.७७ प्रतिशत, ओम प्रकाश सिकारिया ०.७६ प्रतिशत, निधि दुुगड ०.७५ प्रतिशत, पुुजा दुुगड ०.७२ प्रतिशत, श्रद्दा दुुगडको ०.७१ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै प्रियंका अग्रवालको ०.६४ प्रतिशत, सरोज दुगड ०.६० प्रतिशत, जमुना पौड्यल ०.५५ प्रतिशत, राधेश्याम शारडा ०.५५ प्रतिशत, पवन कुमार शारडा ०.५५ प्रतिशत,शिव रतन शारडा ०.५४ प्रतिशत, शुभम दुुगड ०.५४ प्रतिशत, भोगेन्द्र कुमार गुुरागाई ०.५२ प्रतिशत, कविता लोहिया ०.५१ प्रतिशत र मानव अग्रवालको ०.५१ प्रतिशत रहेको छ ।
सानिमा बैंकमा १४ ठूला सेयरधनी
सानिमा बैंकका ठूला सेयरधनीमा १४ व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकमा अरुण कुमार ओझाको ७.९४ प्रतिशत, टेक राज निरौला ६.३९ प्रतिशत, जिवनाथ लामिछाने ५.४४ प्रतिशत, सन् नेपाल लाइफ इन्स्योरेन्स ४.५० प्रतिशत, विनय कुमार श्रेष्ठ ४.२७ प्रतिशत, कर्मचारी संचय कोष ४.२८ प्रतिशत, अमला इन्भेष्टमेन्ट प्रालि ३.९७ प्रतिशत, खेम राज लामिछाने ३.४७ प्रतिशत, घनश्याम थापा ३.४६ प्रतिशत, राम कृष्ण शाह २.४९ प्रतिशत, सोनम ग्यात्सो ०.९२ प्रतिशत, दिलिप श्रेष्ठ ०.७५ प्रतिशत, शाम्बा लामा ०.७३ प्रतिशत र गीता क्षेत्रीको ०.६१ प्रतिशत सेयर स्वामित्व छ ।
कृषि विकास बैंकमा २ ठूला सेयरधनी

कृषि विकास बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहेको छ । बैंकमा कृष्ण गोपाल श्रेष्ठको १.३९ प्रतिशत र लक्ष्मी श्रेष्ठको ०.९९ प्रतिशत स्वामित्व छ ।
नेपाल बैंकमा ३ ठूला सेयरधनी

नेपाल बैंकको ठूला सेयरधनीमा सरकारसहित ३ वटा कम्पनी रहेका छन् । बैंकमा सरकारको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै कर्मचारी सञ्चय कोषको ३.६४ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको ०.९६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
नेपाल एसबिआई बैंकमा १०
नेपाल एसबिआई बैंकको ठूला सेयरधनीमा १० व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकमा स्टेट बैंक अफ इन्डिया, कर्मचारी संचय कोष, हिमालयन लाइफ इन्स्योरेन्स, रोजन कर्मचार्य, राजेन्द्र कुमार खेतान, बबिन श्रेष्ठ, प्रभु सेलेक्स फण्ड, नेपाल लाइफ इन्स्योरेन्स, बालकृष्ण श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठ रहेका छन् । बैंकमा कसको स्वामित्व कति भन्ने उल्लेख गरेको छैन ।
प्रतिक्रिया