होल्ड भएका अन्तर्राष्ट्रिय जहाज अवतरणपछि सम्बन्धित गन्तव्यतर्फ, डाइभर्ट भएकाहरु काठमाडौं फर्किए

1k
Shares

काठमाडौं । मौसम बिग्रदा होल्ड भएका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणपछि सम्बन्धित गन्तव्यतर्फ फर्कन थालेका छन् ।काठमाडौं आइरहेका ७ वटा जहाज डाइभर्ट भएका थिए भने ति जहाज अहिले काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौं होल्ड भएका जहाज अवतरणपछि सम्बन्धित गन्तव्यतर्फ जान थालेका छन भने डाइभर्ट भएका जहाज पनि काठमाडौं विमानस्थल फर्कन थालेका छन् ।

तीन अन्तर्राष्ट्रिय उडानका जहाज भारत डाइभर्ट भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार युएईको दुबाईबाट आएको फ्लाई दुवई कलकत्ता डाइभर्ट भएको छ भने दिल्लीबाट आएको एयर इन्डिया र यूएईको सारजाहबाट आएको एयर अरेविया वाराणासी डाइभर्ट भएको थियो भने आन्तरिक उडानको विराटनगरबाट आएको बुद्ध र यती विराटगनर पनि उतै फर्किएकोमा ती जहाज पनि काठमाडौं आएका छन् ।