इनरुट वेदर बिग्रदा ३ जहाज भारत डाइभर्ट, ४ जहाज आकाशमा फन्को मार्दै

1.3k
Shares


काठमाडौं । मौसम बिग्रदा काठमाडौं आइरहेका ७ वटा जहाज डाइभर्ट भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौं प्रवेश गर्दै गरेका तीन अन्तर्राष्ट्रिय उडानका जहाज भारत डाइभर्ट भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार युएईको दुबाईबाट आएको फ्लाई दुवई कलकत्ता डाइभर्ट भएको छ भने दिल्लीबाट आएको एयर इन्डिया र यूएईको सारजाहबाट आएको एयर अरेविया वाराणासी डाइभर्ट भएको छ ।
आन्तरिक उडानको विराटनगरबाट आएको बुद्ध र यती विराटगनर नै फर्किएको छ ।

पोखराबाट आएको यतिको जहाज पनि पोखरा नै डाइभर्ट भएको छ भने काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज पनि काठमाडौं नै फिर्ता भएको भित्रुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौं विमानस्थलबाट र सम्बन्धित बाहिरी विमानस्थलबाट उडान अवतरणमा समस्या नभएपनि सीमरा माथिको आकासको मौसम खराव भएको कारण काठमाडौं प्रवेश गर्न नसकेको जहाज डाइर्भट भएका हुन् ।

त्यस्तै चारवटा अन्तर्राष्ट्रिय उडानका जहाज मौसम खुल्ने अपेक्षासहित समराको आकाशमा फन्का मारिरहेका छन् । बैंककबाट काठमाडौं आएको एयर एसिया, थाइल्याण्डबाट आएको थाइ लायन, कुनमिङबाट आएको चाइना स्टर्न, दिल्लीबाट आएको इन्डिगो एयरले फन्का मार्दै आकाशमा होल्ड भएका छन् ।