
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले राजीनामा दिएका छन् । नेपाल विद्युत प्राधिकरणको नायब प्रबन्ध निर्देशकबाट अवकाश भएका अधिकारीलाई ऊर्जामन्त्री खड्काले वरिष्ठ विज्ञका रुपमा मन्त्रालयमा भित्र्याएका थिए ।
अधिकारीले १ वैशाखदेखि कार्यान्वयन हुने गरी राजीनामा दिएका हुन् । राजीनामा पछाडि अधिकारीले व्यक्तिगत तथा पारिवारिक कारण दिएका छन् ।
ऊर्जामन्त्री खड्काले सल्लाहकारको रुपमा नियुक्ति दिएका प्रबल अधिकारीको चाहना विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा थियो । कुलमानलाई पदमुक्त गरेर सरकारले नयाँ नियुक्ति दिने क्रममा अधिकारीको नाम पनि आएको थियो । तर, सरकारले प्राधिकरणका कार्यकारी निर्देशकमा पुर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्यो ।
प्राधिकरणको कार्यकारी निर्देशक बन्ने अपेक्षा पुरा नभएकै कारण अधिकारीले राजीनामा दिएको स्रोतको दाबी छ ।
प्रतिक्रिया