हाम्रो बारेमा

चाणक्य मिडियाद्वारा सञ्चालित Clickmandu.com नेपालको नम्बर एक आर्थिक समाचार पोर्टल हो । व्यावसायिक रूपमा सञ्चालित नेपाली सञ्चारमाध्यमहरूमध्ये सबैभन्दा भरोसायोग्य, विश्वसनीय र तथ्यमा आधारित आर्थिक समाचार स्रोतको रूपमा Clickmandu.com स्थापित छ । आर्थिक पत्रकारितामा गुणस्तर, निष्पक्षता र जनविश्वास कायम राख्दै आएको यस डिजिटल सञ्चारमाध्यमले सूचना, विश्लेषण र नीतिगत बहसलाई सशक्त बनाउँदै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

एक दशकदेखि निरन्तर क्रियाशील clickmandu.com ले अर्थतन्त्रसँग जोडिएका विविध क्षेत्र जस्तै बैंकिङ, बीमा, पुँजी बजार, कर्पोरेट, रोजगार, व्यापार, उद्यमशीलता तथा स्टार्टअपबारे गहन र विश्लेषणात्मक सामग्री प्रस्तुत गर्दै आएको छ । साथै, पर्यटन, पूर्वाधार, अर्थनीति, कृषि, अटोमोबाइल, प्रविधि लगायतका समसामयिक विषयमा समेत सक्रियतापूर्वक रिपोर्टिङ गरिरहेको छ ।

हामीसँग सक्षम, तीक्ष्ण र पत्रकारिताप्रति प्रतिबद्ध साथीहरूको समूह छ जसको विश्वसनीय समाचार स्रोतहरूसँग राम्रो पहुँच छ । यिनै सहकर्मीहरूको सक्रियताले हाम्रो समाचारलाई गहन, तथ्यमा आधारित र विश्लेषणात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

देशका विभिन्न भागमा रहेका हाम्रा प्रतिनिधिहरूले Clickmandu.com लाई स्तरीय र भरपर्दो डिजिटल मिडिया बनाउने लक्ष्यमा निरन्तर मिहिनेत गरिरहेका छन् ।

Clickmandu.com ले आर्थिक विषयमा विज्ञहरूको अन्तर्वार्ता, विश्लेषण र विचारमार्फत बहस र संवादलाई पनि प्राथमिकता दिएको छ ।

हामीले डिजिटल माध्यममार्फत देश तथा विदेशमा रहेका पाठक र दर्शकसम्म टेक्स्ट र भिडियो माध्यममा जानकारी सम्प्रेषण गरिरहेका छौं । साथै, प्रिन्ट संस्करणका रूपमा ‘Maudrik Sushasan’ प्रकाशनमार्फत हामी पाठकसँग जोडिएका छौं ।

देशको मेरुदण्डका रूपमा रहेको अर्थतन्त्रमाथि निगरानी राख्नु हाम्रो प्रमुख जिम्मेवारी हो । सरोकारवालालाई सजग गराउने, आर्थिक गतिविधिमा पारदर्शिता तथा सुशासन प्रवर्द्धन गर्ने हाम्रो स्पष्ट उद्देश्य र प्रतिबद्धता हो ।

clickmandu.com मा प्रकाशित समाचार लगायका सामग्रीहरू टिकटक, फेसबुक, युट्युब लगायका सामाजिक सञ्जालमा पनि हेर्न सकिन्छ ।