सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास सिटी बनेन भने सावाँ पनि तिर्न सक्दिन (भिडियोसहित)



काठमाडौं । घरजग्गा ब्यवसायी सुधीर बस्नेतले ओरेन्टल सहकारीका निक्षेपकर्तालाई र अर्पाटमेन्ट बुकिङकर्तालाई एक रुपैयााँ पनि ब्याज तिर्न नसक्ने बताएका छन् ।

उनीद्वारा सहकारी र हाउजिङमा ठगिएका पीडितहरु, सुधीर बस्नेत पीडीत र समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिबीच मंगलबार भएको त्रिपक्षीय छलफलमा बस्नेतले यस्तो बताएका हुन् ।

भेगास सिटि बन्यो भने मात्रै ओरेन्टलका सबै निक्षेपकर्ताको पैसा फिर्ता गर्नसक्ने उनले बताए । त्यो पनि सबैलाई नगद दिन नसकिने उनको भनाई छ ।

‘निक्षेपकर्ताहरु यहीँ हुनुहुन्छ, मलाई जेसुकै भन्नुहोला, बाहिर गएर जेसुकै गर्नुहोला तर नगदै बाँड्छु भनेर न समितिले सक्छ न मैले सक्छु, सम्पत्तिको सम्पत्ति उहाँहरुले लिनु पर्छ,’ बस्नेतले भने ।


कि त अक्सनमा गएर कम मूल्यमा बेचेर सबैलाई दामासायीमा लिन उहाँहरु सबै मञ्जुर हुनुपर्ने बस्नेतले प्रस्ताब गरे ।

‘पूरा पैसा चाहिन्छ भन्नुहुन्छ भने गाह्रो छ, ब्याज त कुनै हालतमा दिनै सकिँदैन, श्रीमानहरु सरकारले गठन गरेको एउटा अधिकारसम्पन्न समिति हो । हजुरहरुले जोड्दा ब्याजसहित जोड्नु स्वभाविक पनि हो । तर, कसैको ब्याज आउँदा पनि आउदैँन । यदि अक्सनमा जाने हो भने सावाँ पनि आउँदैन ।’

आफू कसैको पनि सम्पत्ति नडुबोस् भनेर लागिरहेको उनले सुनाए । समितिले आफूले साढे १६ अर्ब रुपैयाँ तिर्नुपर्ने भन्दै तयार पारेको प्रतिवेदन गलत भएको बस्नेतले दाबी गरे ।

‘पहिलो कुरा जसरी मैले तिर्नुपर्ने दायित्व साढे १६ अर्ब रुपैयाँ पुर्याइएको छ, त्यो गलत छ, रिचेक गर्नुपर्यो,’ उनले भने ‘दोस्रो कुरा के हो भने मेरो कारण र म अध्यक्ष भएका कारण हिँजोको दिनमा पनि जिम्मा लिएको थिएँ । र, आजको दिनमा पनि जिम्मा लिन्छु ।’

बैंकको रोक्का रहेको सम्पत्ति दोस्रो रोक्का नहुने बस्नेतले प्रष्ट पारे ।

‘श्रीमानको आयोग कानूनबाट आएको भन्दैमा हुँदैन, बैंकले रोक्का गरिसकेको सम्पत्तिलाई दोस्रो रोक्का गर्दा अदालतले त्यो मान्दैन, यसले पनि दोस्रो रोक्का गर्न सक्दैन,’ उनले भने ।

भेगास सिटीलाई राम्रोसँग ह्याण्ड गरिएन भने, वुद्धि पुर्याएर बनाइएन भनेदेखि ओरेन्टल कोअपरेटीभमा राखेको जनताको पैसा डुब्यो डुब्यो ।

सबै प्रोजेक्टहरु घट्दा घट्दा आज आफूसँग रहेको चोखो प्रोजेक्ट भनेको भेगास सिटी मात्रै बाँकी र गुण्डुमा रहेको जग्गा मात्रै भएको बस्नेतले जानकारी दिए । अब ती सम्पत्ति बिक्री गरेर सबैको पैसा तिर्ने उनले बताए ।

भेगास सिटीका विषयमा केही असहमझदारी देखिएपछि व्यवस्थापन समितिले त्रिपक्षीय छलफलका लागि बोलाएको थियो । छलफलमा पीडितहरुले आफ्नो सम्पत्ति चाँडोभन्दा चाँडो फिर्ता गराइदिन व्यवस्थापन समिति समक्ष माग गरे ।

व्यवस्थापन समितिका संयोजक युवराज सुवेदीले सहकारी र हाउजिङ पीडितहरुको सावाँ र ब्याजसहित सुधीर बस्नेतले ११ हजार सर्वसाधारणको साढे १६ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिएको जानकारी दिए । सुवेदीले समितिले बस्नेतको सम्पत्ति बिक्री गरेर जे जति हुन्छ पीडितहरुको सम्पत्ति उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेको बताए ।

‘हामी सरोकारवाला सबैसँग छलफल गरेर यो समस्याको समाधान गर्छौं,’ संयोजक सुवेदीले प्रतिवद्धता ब्यक्त गरे ।

सुधीर बस्नेतले बोलेको कुरा जस्ताको त्यस्तै

जसरी मैले तिर्नुपर्ने दायित्व साढे १६ अर्ब रुपैयाँ पुर्याइएको छ । त्यो गलत छ । रिचेक गर्नुपर्यो । दोस्रो कुरा के हो भने मेरो कारण र म अध्यक्ष भएका कारण हिँजोको दिनमा पनि जिम्मा लिएको थिएँ । र, आजको दिनमा पनि जिम्मा लिन्छु ।

बैंकको रोक्का रहेको सम्पत्ति सेकेन्ड रोक्का कायम हुँदैन । श्रीमानको आयोग कानूनबाट आएको भन्दैमा हुँदैन । अदालतले त्यो मान्दैन । यसले पनि दोस्रो रोक्का गर्न सक्दैन ।

सबै प्रोजेक्टहरु घट्दा घट्दा आज मसँग रहेको चोखो प्रोजेक्ट भनेको भेगास सिटी मात्रै बाँकी छ । र, भक्तपुरको गुण्डुमा रहेको जग्गा ।

भेगास सिटीमा मैले जुन त्रिपक्षीय सम्झौता गरेँ । त्यो भन्दा अघि त्यहाँ क्याप्तर गरेर बसिएको थियो । उपभोक्ता समिति गठन गरेर उहाँहरुले आफैं बनाइरहनु भएको थियो । आजको यो घटनाले उहाँहरु फेरि भोलिबाट क्याप्चर गर्न जानुहोला । तर, त्यो ठाउँमा समितिकै सदस्यहरुले नजाज अनुरोध गर्नुभयो । र, म गइँन । पछि म गएर लिएँ । हो व्यक्तिगत सम्पत्ति कसैले क्याप्चर गर्दैमा क्याप्चर हुँदैन । त्यो पक्का हो ।

निक्षेपकर्ताहरु मलाई जे सुकै भन्नुहोला, बाहिर गएर जेसुकै गर्नुहोला । नगदै बाँड्छु भनेर न समितिले सक्छ न मैले सक्छु ।

म गएर त्रिपक्षीय सम्झौता गरेर जुन काम अघि बढाएँ । काम गर्न जाँदा ३ सय ५३ जनाको दाबी थियो । कसैले मलाई दादारीरी देखाएर, धम्क्याएर पनि सम्पत्ति लिएका थिए । त्यसपछि मैले जो ओर्जिनियल हो उ दाबी गर्न आउन भनेर भनेँ । त्यसपछि मैले सब लिस्टिङ गरेर केही क्लाइन्टहरु मात्रै मेरो हो है भनेर गरेँ । त्यसमा एकदुई जना छुटे होलान् । राम्रोसँग कारोबार गरेर अघि बढेपछि उहाँहरुको काम पनि गरिएला ।

२८० जनाबाट उठाउनु पर्ने ४२ करोड रुपैयाँ थियो । उहाँहरुलाई ४२ करोड थप्न लगाएर ८८ करोड रुपैयाँ बनाएँ । उक्त ८८ करोड रुपैयाँले बैंकको ऋण र भएका भवनहरु बनाउन पैसा पुग्छ भनेर काम गरियो ।

समितिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन भन्छ । निक्षेपकर्ताले भन्छन् डीपीआर बनाउन । डीपीआर भनेरको जबसम्म एक्ज्याक्ट क्लाइन्ट कतिजना आउँछन्, कतिजना बस्छन् र कति पैसा उठ्छ भन्ने थाहा हुँदैन । मैले डीपीआर कसरी प्रस्तुत गर्नु ? मैले एउटा सानो मिस्टके गर्दा यहाँ फेरि ठग्यो भन्दै रोइलो गर्न थाल्नुहुन्छ । मैले एकचीज पनि गलत गर्ने वित्तिकै उहाँहरुले मेरो घाँटी समाति हाल्नुहुन्छ । श्रीमानहरु आजको दिनमा सुधीर बस्नेत हामी हौं भन्नुहुन्छ, त्यसैले हजुरहरुलाई समात्न सक्नुहुन्न । आजका दिनमा कानूनीरुपमा हजुरहरु सुधीर बस्नेत हो ।

तर, मेरा कारणले यो समस्या भएकाले उहाँहरु मलाई प्रश्न गर्नुहुन्छ– तैंले किन गलत डीपीआर दिइस् । त्यसकारण श्रीमान मैले अस्ति निकालेको सूचना पनि जनताले मलाई विश्वास गर्दैनन् । त्यसैले उपभोक्ता समिति बनाएर पैसा उठाउने अनि निर्माण सम्पन्न गरौं भनेर काम भनेको हुँ ।

सुचना निकाल्दा कोको मान्छे आउँदा रहेछन् । त्यतिकै आएर रिन्यू गर भन्दा मान्छे सुइसुइ आउँछ रिन्यू गर्छ जान्छ । भोलिबाट फेरि डीपीआर गलत हुन्छ । त्यसकारण मान्छेमाझ गरेको कारण के हो भन्दा खेरी एक्ज्याक्ट मान्छे कति आउने त्यो निधो होस् । र, नआउने मान्छेहरु पनि कानूनी उपचारमा जान पाउन् । भेगास सिटीमा १०० जनाले मुद्दा हालेका छन् । फ्ल्याट दिनू भनेर फैसला भएको छ ।

अब ओरेन्टलका निक्षेपकर्ताहरुलाई जग्गा पनि बाँडे । उहाँहरु धेरैको राम्रो पनि भएको छ । आज मैले धेरै क्याल्कुलेशन गरिसकेपछि भेगास सिटीलाई राम्रोसँग ह्याण्ड गरिएन भने, वुद्धि पुर्याएर बनाइएन भनेदेखि ओरेन्टल ओअपरेटीभमा राखेको जनताको पैसा डुब्यो डुब्यो । उहाँहरुल यहीँ हुनुहुन्छ ।

भोलि अक्सनमा जाँदा खेरी पनि किन्न ब्यापारी नै आउने हो । सरकारले किन्ने आफ्नो ठाउँमा हो । ब्यापारीले किन्दा सस्तोमा पायो भने किन्ने हो । मैले किन्दा पनि त्यसै गर्ने हो । अरुले पनि त्यही गर्ने हो ।

त्यसकारण श्रीमान यसलाई बनाउनका लागि श्रीमानले त्रिपक्षीय सम्झौतालाई जुन अहिले सूचना निस्कियो त्यो सूचना म गल भन्दिन । किनभने मेरो पनि गलत के हो भनेदेखि त्यो सूचना छाप्नुभन्दा अगाडी श्रीमानहरुलाई देखाउनु पर्ने । त्यो मैले देखाईँन । मैले गल्ती गरेँ । म माफी माग्न चाहन्छु ।

डीपीआरका सम्बन्धमा मैले श्रीमानको समितिमा पेश गरिसकेको छु कि जबसम्म कति मान्छेहरु बस्छन, कति बस्दैनन् भन्ने निधो हुँदैन । भेगास सिटी बन्यो भने ओरेन्टलका सबै निक्षेपकर्ताको पैसा होला सबैलाई नगद आउँदैन । निक्षेपकर्ताहरु मलाई जे सुकै भन्नुहोला, बाहिर गएर जेसुकै गर्नुहोला । नगदै बाँड्छु भनेर न समितिले सक्छ न मैले सक्छु ।

सम्पत्तिको समपत्ति उहाँहरुले लिनु पर्छ । उहाँहरुको सम्पत्ति डुब्नु भएन । २ जना ४ जना ५ जना जति हुन्छ मिलेर भेगास सिटीको फ्ल्याट लिनुपर्छ । वा गुण्डुको जग्गा लिनुपर्छ । अन्यथा अन्य बिकल्प छँदै छैन श्रीमान । कि अक्सनमा गएर कम मूल्यमा बेचेर सबैलाई दामासायीमा लिन उहाँहरु सबै मञ्जुर हुनुपर्छ । त्यही हुँदैन पूरा पैसा चाहिन्छ भन्नुहुन्छ भने गाह्रो छ ।

ब्याज त कुनै हालतमा दिनै सकिँदैन, उहाँहरु यहीँ हुनुहुन्छ, । श्रीमानहरु सरकारले गठन गरेको एउटा अधिकारसम्पन्न समिति हो । हजुरहरुले जोड्दा ब्याजसहित जोड्नु स्वभाविक पनि हो । तर, कसैबो ब्याज आउँदा पनि आउदैन श्रीमान । यदि अक्सनमा जाने हो भने सावाँ पनि आउँदैन ।

हजुरको समितिको समय भनेको २ वर्ष हो । एक वर्ष त वितिसक्यो । अब एक वर्ष बाँकी छ । एक वर्षभित्रमा यो सिध्याउनुपर्छ । अब भेगास सिटीका क्लाइन्टहरु पूर्जा ग्यारेन्टी गर, कहिले के गर, कहिले उ गर, विगत ४÷५ महिनामा हजारचोटी मिटिङ बसिसकेँ । कहिले मास मिटिङ कहिले के मिटिङ ।

गाह्रो लाउने काम सकाएर स्ट्रक्चरको काम गरिरहेको छु श्रीमान मैले । हजुरहरुले सूचना निकालिसकेपछि पनि मैले काम रोकेको छैन । मेरो अनुरोध के हो भने श्रीमानहरुले पनि डीपीआर राम्रोसँग गर्न दिनुपर्यो,

राम्रोसँग अध्ययन गर्दिनूपर्यो । प्रोजेक्ट हेरिदिनु पर्यो । र, यसलाई कसरी हुन्छ चाँडोभन्दा चाँडो काम गर्नुपर्यो । भेगास सिटी नबनीकरन निक्षेपकर्ताको पैसा फिर्ता हुने संभावना न्यून छ । श्रीमानले यसलाई पोजेटिभली हेरिदिनु पर्यो । मबाट कुनै गल्ती भएको छ भने तिमीे यहाँनेर गल्ती गर्यौ भनेर खबरदारी गर्नुपर्यो श्रीमान ।


पुष्प दुलाल