सुधीर बस्नेतको कहाँ के-के छ सम्पत्ति ? (पूर्णविवरण)



काठमाडौं । सर्वसाधारणको अर्बौं रकम ठगी गरेको आरोप लागेका घरजग्गा व्यवसायी तथा ओरेण्टल को–अपरेटिभका तत्कालीत अध्यक्ष सुधिर बस्नेत एंव सञ्चालनको नाममा हालसम्मको छानविनबाट अचल सम्पति नरहेको पाइएको छ ।

बस्नेतले ओरेन्टल सहकारीका बचतकर्ता र हाउजिङ तथा अर्पाटमेन्ट बुकिङकर्ता ७ हजार ५४६ जनासहितकोे सावाँ–व्याज गरी १६ अर्ब १ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीले सार्वजानिक गरेको बस्नेतको सम्पत्ति विवरणमा कुनै अचल सम्पति देखिएको छैन ।

बस्नेतले भेगास सिटी अपार्टमेन्ट निर्माणका लागि भन्दै नविल बैंकबाट सावाँ र ब्याजसमेत ३१ करोड ९ लाख ९२ हजार ६६२, राष्ट्रिय वाणिज्य बैंकबाट ६० करोड ४ लाख २४ हजार २० रुपैयाँ, कर्मचारी सञ्चयकोषबाट ५७ करोड ५७ लाख ३४ हजार ७१९ रुपैयाँसहित १ अर्ब ४८ करोड ७१ लाख ५१ हजार ४०२ रुपैयाँ दायित्व सिर्जना भएको देखिएको जनाएको छ ।

यस्तै सहकारीको निक्षेप रकम प्रयोग गरी बस्नेतले विभिन्न व्यक्तिको नाममा भक्तपुर जिल्ला साविक गुण्डु गाविस–३, हालको सूर्य विनायक नगरपालिका७–मा २९ जना ऋणीमा नाममा रहेको जग्गा समेत रोक्का रहेको बताएको छ ।

यस्तै सहकारी संस्थाले ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेको भन्दै धितो स्वरुप चितवन, तनहुँ, कास्की दाङ, नवलपरासी पूर्व, मोरङमा धितो सकारेको देखिएको छ ।

यस्तै सहकारीको चल सम्पति तर्फ बस्नेतको दुई लाख २९ हजारसहित १९ लाख ११ हजार रुपैैयाँ मात्र देखिएको छ ।

यस्तै बस्नेतको नाममा सेयर नरहेपनि उनको श्रीमती नितु थाको नाममा ग्लोबल आईएमई बैंकमा संस्थापक १ लाख ३६ हजार २३३ र साधारण तर्फ ५० हजार ३८७ कित्ता सेयर रहेको देखिएको छ ।

यस्तै ग्लोबल आईएमई बैंकमा राजेश श्रेष्ठको साधारण ४०५, १२ हजार ५९६ र संस्थापक तर्फ ३४ हजार ५८ कित्ता सेयर रहेको छ भने प्रतिमा शर्माको प्रभु बैंकमा संस्थापक २६ हजार ९१५ र साधारण १० हजार २७ कित्ता सेयर रहेको देखिएको छ । उक्त सेयर रोक्कामा राखी लीलामी प्रकृया अघि बढाइएको छ ।

यस्तै सहकारी संस्थाकी कर्मचारी सन्ध्या भट्टराईले संस्थाको निक्षेप रकमबाट माछापुच्छ«े बैंकको साधारण सेयर १३ कित्ता, बैंक अफ काठमाण्डूको साधारण सेयर ३०२, नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण ११५, आईसीएफसी फाइनान्सको साधारण २४०, नेशनल हाईड्रोपावरको ६ हजार, स्ट्यान्डर्ड चार्टर बैंकको साधारण १० सेन्चुरी बैंक ९ र शिद्धार्थ बैंकको १८६ कित्ता सेयर रहेको छ ।

यता सहकारीको उठन बाँकी कर्जा १२ अर्ब ७ करोड रहेको छ । ऋणीलाई ऋण चुक्ता गर्न सूचना जारी गरेपनि उक्त समितिको नाममा कृषि विकास बैंकमा रहेको खातामा ७५ लाख रुपैयाँ जम्मा भएको छ । उक्त रकम पीडितलाई भुक्तानी दिने सम्पति विवरणमा उल्लेख छ ।
यस्तै गैर बैंकिङ तर्फ विभिन्न ठाँउमा भएको जग्गा लिलाम भइसकेको देखिएको छ ।

यस्तै सहकारी संस्थाका सञ्चालकबाट संचालित कोहिनुर हिल हाउजिङ सहित १८ वटा कम्पनीको नाममा रहेको चल अचल सम्पति रोक्का राख्ने निर्णय भएको बताइएको छ ।


पुष्प दुलाल