
एजेन्सी । अमेरिकाको संघीय नागरिक उड्डयन प्राधिकरणले अर्को पुस्ताको उड्डयन प्रविधिलाई आत्मसात गर्दै एयर ट्याक्सी र सुपरसोनिक विमानको तैनाथी, अन्तरिक्ष प्रक्षेपणमा वृद्धि र ड्रोन सञ्चालनको विस्तारमा उद्योगहरूलाई सहयोग गरिरहेको बताएको छ ।
फर्नबरो एयर शोमा रोयटर्ससँगको अन्तर्वार्तामा एफएएका उप–प्रशासक क्रिस रोचेलोले प्रमाणीकरण र नियमनका समस्याहरू समाधान गर्न निकाय अगाडि बढिरहेको जानकारी दिए ।
‘हामी यी मापदण्डहरूमा धेरै कठोर नभई उद्योगलाई नै नवीनताको नेतृत्व गर्न दिन चाहन्छौं भन्ने सुनिश्चित गर्न चाहन्छौं,’ रोचेलोले भने । एफएएले गत वर्ष इलेक्ट्रिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ भनिने नयाँ विद्युतीय विमानहरूको सञ्चालन सुरु गर्न मद्दत पुर्याउने उद्देश्यले एक पाइलट प्रोग्राम (परीक्षण कार्यक्रम) सुरु गरेको थियो ।
रोचेलोले २६ वटा राज्यका आठ साझेदार कम्पनीहरूसँगको यस पाइलट प्रोग्रामबाट प्राप्त तथ्यांकले प्रमाणीकरणका प्रयासहरूमा मद्दत पुर्याउने बताए ।
‘यसको मुख्य उद्देश्य यो नयाँ प्रविधि र नयाँ विमानहरूलाई सुरक्षित र प्रभावकारी रूपमा राष्ट्रिय हवाई प्रणालीमा समावेश गर्नु हो,’ रोचेलोले थपे । छिटो र दिगो शहरी यातायातको बढ्दो माग पूरा गर्न एयर ट्याक्सी कम्पनीहरू स्वीकृति लिन र आफ्ना विमानहरूलाई व्यावसायिक रूपमा सञ्चालन गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।
उनीहरूले ठाडो रूपमा उडान भर्न र अवतरण गर्न सक्ने यी ईभिटोल विमानहरूले यात्रुहरूलाई विमानस्थलसम्म पुर्याउन वा शहरभित्रका छोटो यात्राका लागि ट्राफिक जामबाट बचाउने दाबी गरेका छन् ।
आर्चर एभिएसनका प्रमुख कार्यकारी अधिकृत एडम गोल्डस्टेनले यी विमानहरूको सुरुवातलाई गुगलको वेमो सेल्फ–ड्राइभिङ कारको शहरैपिच्छे गरिएको तैनाथीसँग तुलना गरे ।
‘स्वायत्त सवारी साधनहरू कसरी सुरु गरिए भन्ने कुराबाट विश्वले धेरै कुरा सिकेको मलाई लाग्छ,’ गोल्डस्टेनले भने । एफएएको पाइलट प्रोग्रामले ईभिटोल उद्योगलाई प्रणालीमा रहेका सानातिना समस्याहरू समाधान गर्न केही सीमित शहरहरूमा यसको सुरुवात गर्ने क्षमता प्रदान गर्ने गोल्डस्टेनले बताए ।
जुन महिनामा एफएएले सन् १९७३ देखि जमिनमाथि हुने सुपरसोनिक हवाई यातायातमा लगाइएको प्रतिबन्ध हटाउन आवश्यक दुईमध्ये पहिलो नियम प्रस्ताव गरेको थियो । निकायले उडान, अवतरण र सुपरसोनिक यात्राका लागि स्वीकार्य ध्वनि सीमा परिभाषित गर्न दोस्रो नियम प्रस्ताव गर्ने र सन् २०२७ को मध्यसम्ममा दुवैलाई अन्तिम रूप दिने योजना बनाएको छ ।
‘हामीलाई लाग्छ, यी नियमहरू पुराना छन् र समय सान्दर्भिक छैनन्,’ रोचेलोले भने ।
सन् २००३ मा एयर फ्रान्स र ब्रिटिश एयरवेजद्वारा सञ्चालित कनकोर्ड विमान २७ वर्षको सेवापछि अवकाश भएसँगै नियमित व्यावसायिक सुपरसोनिक उडानको युग समाप्त भएको थियो । एक संघीय न्यायाधीशले एन्थ्रोपिकको १.५ अर्ब डलरको क्लास एक्सन सेटलमेन्टलाई अनुमोदन गरेका छन् जुन अमेरिकी प्रतिलिपि अधिकार सम्बन्धी मुद्दामा अहिलेसम्मकै ठूलो मानिन्छ ।
नियमहरू लागू भएपछि एफएए र अन्य नियामकहरूले सुपरसोनिक विमानहरूलाई प्रमाणीकरण गर्नुपर्नेछ ।





प्रतिक्रिया