प्रदीप अधिकारी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर, १ करोड ७१ लाख बिगो दावी

224
Shares


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले अधिकारीमाथि एक करोड ७१ लाख रुपैयाँ बिगो मागदावी सहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो ।

अख्तियारको आरोप अनुसार, अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १३ आना जग्गा लिएको उल्लेख छ ।