कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो

6.5k
Shares

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ ।

कारमा जलेका पुरुष कीर्तिपुरस्थित ट्याङ्लाफाँटका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

मृतकका परिवारले उनको सनाखत गरेको प्रहरीले जनाएको छ ।

मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा उनले चलाएको बा.५ च ३०३८ नम्बरको कारमा आगो लागेको थियो । आगलागी भएको कारबाट उनको शव निकालिएको थियो । श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।