सुधीर बस्नेतबाट ३० करोड ठगिएकी तारादेवीको अन्तर्वार्ता



काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले करोडौं झ्वाम पारिदिएपछि ठूलो पीडामा रहेकी तारादेवी ढकाले केही दिनअघि काठमाडौं आइन् ।

सरकारले पूर्वन्यायधीस गौरीबहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त सहकारी र संस्थाको व्यवस्थापन कमिटि गठन गरेको थापा पाएपछि सुधीरलाई पैसा दिएका प्रमाण बोकेर उजुरी गर्न काठमाडौं आएकी हुन् ।

सरकारले गत पुस २८ गते समिति गठन गरे पनि ढकालले एक हप्ताअघि मात्रै थाहा पाइन् । र, उजुरी दिन काठमाडौं आइहालिन् ।

पटक पटक गरेर बस्नेतलाई ५/६ वर्षअघि २२ करोड रुपैयाँ सावाँ दिएको प्रमाण छ तारादेवीसँग । त्यसको ब्याज जोड्ने हो भने ३० करोड रुपैयाँभन्दा बढी रकम सुधीरबाट असूल गर्नुपर्ने दाबी गर्छिन् उनी । कार्की संयोजकत्वको व्यवस्थापन समितिले आफ्नो पैसा फिर्ता गरिदिने विश्वास छ ढकालसँग ।

तत्कालीन गृहमन्त्री बामदेव गौतमले विश्वास गरेर सुधीरलाई पैसा दिएको सुनेपछि तारादेवीले सोचिन्- देशको गृहमन्त्रीले पत्याएको मान्छेलाई मैले किन नपत्याउने । तर, विश्वास गरेर पैसा दिँदा उनले जिबनमा नभोगेको समस्या झेल्नुपर्यो ।

सुधीरबाट कसरी ठगिइन् त तारादेबी ? र, कसरी गुजारा चलाइरहेकी छन् ? यी विषयमा केन्द्रित रहेर ढकालसँग क्लिकमाण्डूका पुष्प दुलालले गरेको भिडियो अन्तर्वार्ता ।


पुष्प दुलाल