
काठमाडौं । पूर्वअर्थमन्त्री रामशरण महतको भ्रष्टाचारको मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ । ६ पटक अर्थमन्त्री भइसकेका महत विरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दूरूपयोग अनुन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा मुलतबीमा राख्न अनुमति नहुने आदेश विशेष अदालतले गरेको छ
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मुलतबीमा राख्न अस्वीकार गरेको हो ।
महतको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरेर हाललाई उनको भ्रष्टाचार मुद्दा मुल्तबी राख्न मिलेन निवेदक रोसनी महतले माग गरेकी थिइन् ।
अदालतले भने उनको मुद्दालाई मुल्तबीमा राख्न निमिलेका कारण कानुनबमोजिम गर्नू भनेर आदेशमा दिएको छ । यसअघि अदालतले महतको अस्पतालसँग स्वास्थ्य जाँचको प्रतिवेदन माग गरेको थियो ।
पोखरा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएपछि डा. महतकी पत्नी रोशनीले आफ्ना पति डिमेन्सिया रोगबाट ग्रसित भएको र दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण होस ठेगानामा नरहेको भनी विशेष अदालतमा निवेदन दिएकी थिइन् ।
विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैंया भ्रष्टाचार भएको दावीसहित अख्तियारले पूर्वमन्त्रीहरु रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, डा. रामशरण महत, दिवंगत भइसकेका पोष्टबहादुर बोटगीकी पत्नी राममाया बोगटी सहितलाई प्रतिबादी बनाएर विशेष अदालतमा मुद्दा चलाएको छ ।





प्रतिक्रिया