
काठमाडौं । राजावादी समूहले दुर्गा प्रसाईंलाई कमान्डर घोषणा गर्दै आयोजना गरेको आन्दोलनमा उनी नै अराजक बन्दा स्थिति तनाबपूर्ण मात्रै होइन, हिंसात्मक बन्न पुग्यो । दुई जनाले ज्यान गुमाउँदा कयौं घरहरुमा क्षति पुर्याइएको छ भने गाडीहरुमा आगजनी गरिएको छ ।
जसका कारण काठमाडौंका कोही स्थानमा कर्फ्यू समेत लागेको छ ।
शुक्रबारको आन्दोलनका नाइके ‘कमान्डर’ प्रसाईंले सुरुमा नै देखाएको अराजकताले दिनभरी काठमाडौंको तीनकुने, नयाँ बानेश्वर, शान्तिनगर, शंखमुल, पुरानो बानेश्वर, गौशला, एयरपोर्ट, कोटेश्वर, जडिबुटी, बालकुमारी क्षेत्र तनावग्रस्त बन्यो ।
सभामा सहभागी प्रसाईंले आफ्नो सवारीलाई निषेधित क्षेत्रमा जबरजस्ती लगेका थिए ।

उनले आफ्नो गाडीभित्रबाट भिडियो खिच्न लगाएका थिए । जहाँ उनी अपशब्द बोल्लै प्रहरीमाथि नै गाडी कुदाउने हर्कतमा उत्रिए।
प्रहरीले रोक्न खोजे पनि उनी मुख छाड्दै प्रहरीलाई किच्ने गरी गाडी हुँइक्याएर कुदे ।
सडकमा रहेका प्रदर्शनकारीलाई’आओ.. आओ’ भन्दै हौस्याउँदै उनी बानेश्वरतर्फ कुदेका थिए ।
प्रसाईंले आन्दोलनकारीलाई संयमित बनाउनु पर्नेमा उनी आफैं अराजक बन्दा आजको अवस्था बनेको हो ।
त्यसोत राजावादीहरुको उपस्थिति र हुनसक्ने सम्भावित घटनाक्रलाई गृह प्रशासनले कमजोर आँकेको देखिएको छ । प्रहरीको जुसस संयन्त्र पनि शुक्रबार कमजोर देखियो ।

आन्दोलनकारीहरुले तीनकुनेमा मार्बल हाउस रहेको भवन, बिराट बचत तथा ऋण सहकारी संस्थासहितका तीनवटा भवन आगजनी गरे । प्रभु कम्प्लेक्स, श्री राज भवन, कान्तिपुर टेलिभिजनको भवन, अन्नपूर्ण पोष्टको कार्यालयमा आक्रमण हुँदा पनि प्रहरी प्रशासन गम्भीर बन्न सकेको देखिएन ।
आन्दोलनकारीले जडिबुटीमा रहेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा तोडफोड गर्नुका साथै करिब डेढ दर्जन गाडीमा राजावादीले तोडफोड गरेका छन् ।

भाटभटेनी कम्प्लेक्स, एकीकृत समाजवादी पार्टीको पार्टी कार्यालयमा तोडफोड गरे । त्यतिमात्रै नभएर तीनकुने क्षेत्रका दर्जनौ घरमा तोडफोड भएको छ । प्रसाईं आफैंले प्रदर्शनकारीले उत्तेजक बनाएपछि आदोलनकारीलाई योजनबद्ध र संगठित रुपमा परिचालन गर्न सक्ने अवस्था बनेन । जसले जतापायो त्यतै, जसको घर देख्यो त्यतै ढुंगामुडा प्रहार गरेपछि दर्जनौ निजी सम्पत्तिमा क्षति पुग्यो ।

गृह मन्त्रालयका सहसचिव छबिलाल रिजालका अनुसार २० वर्षपछि पहिलो पटक आन्दोलनका साथै लुटपाट समेत भएको छ।
राजावादी अराजक समूहले कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेका छन् । जसको सीसीटी फुटेज देख्न सकिन्छ ।
प्रसाईंले अराजक बनाएको बेलगाम आन्दोलन रोक्न प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्यो । दर्जन हाराहारीमा हवाई फायर गर्यो । तै पनि प्रहरीले आफ्ना सवारी साधान समेत जोगाउन सकेन । प्रहरी, सशस्त्र प्रहरीको गाडी समेत ध्वस्त भयो । यतिसम्मकी शसस्त्र प्रहरीका इन्स्पेक्टर माथि आन्दोलनकारीले मरणाशन्न हुने गरि आक्रमण गरे ।

प्रहरी र सशस्त्रप्रहरीका आधादर्जन बढी घाइते भए । त्यसको प्रमुख कारण भनेको गृह मन्त्रालयको निरीहता नै हो ।
तीनकुनेमा घरमा आगलागी हुँदा करिब डेढ घन्टासम्म निभाउन सुरक्षा निकाय सक्षम भएन ।

आगो निभाउन पुगेको काठमाडौं महानगरपालिकाको दमकल कमजोर सुरक्षा व्यवस्थाका तोडफोडमा पर्यो ।
प्रहरीको संख्या थोरै हुँदा आन्दोलनकारीले हरेक गल्ली गल्लीमा पसेर निजी सम्पत्तिमा क्षति गरे । गृह मन्त्रालयका सहसचिवले समेत सरकारले अनुमान नगरेको स्थिति सृजना भएको स्वीकारे ।

राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक घरमा आगो लगाएर एक पत्रकारको जिउँदै हत्यासमेत गरेका छन् । आन्दोलनको भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकले भिडियो खिचिरहेको घरमा उनीहरुले आगो लगाइदिँदा उनले ज्यान गुमाएका थिए।
आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यसको नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो । उक्त गोली लागेर कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको समेत मृत्यु भएको गृहका सहसचिव रिजालले बताए ।
यो घटनाको सबै जिम्मेवारी आन्दोलनका कमान्डर प्रसाई लगायतले लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।
आन्दोलनमा ३० जनाभन्दा बढी घाइते भएका छन् ।
- राजावादीको अराजक झुण्डले यसरी लुट्यो भाटभटेनी, हेरौं सीसीटीभी फुटेज
- दुर्गा प्रसाईंको चुनौतीस् जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिँदैन
- राजावादीले जिउँदै जलाए पत्रकार !
- राजावादीले जलाए रास्वपा नेता सन्तोष परियारको गाडी (भिडियो)
- गृह मन्त्रालयले भन्यो: आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेकाले सबै जिम्मेवारी उनैले लिनुपर्छ
- नेपाली सेनाले भन्यो: सेना परिचालन होइन, आगलागी र लुटपाट रोक्न सडकमा आएका हौं
- राजावादी प्रदर्शनमा गोली लागेर महर्जनको मृत्यु
- एयरपोर्ट नजिक आगो लाग्दा प्लेन ल्याण्ड हुन सकेनन्, ५ अन्तर्राष्ट्रिय विमान आकाशमा घुमेको घुम्यै
- प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
- कर्फ्यु लागेसँगै सडकमा आयो सेना, गोली हान्नेसम्मको अधिकार (तस्बिरहरु)
- एयरपोर्ट हवाई इन्धन डिपो नजिक आगलागी, निगमको अग्नी नियन्त्रण प्रणाली स्ट्यान्डबाइ
- राजावादीले लगाए जडीबुटी उत्पादन कम्पनीमा आगो(तस्बिरहरु)
- राजावादीको आन्दोलन: तीनकुने, बानेश्वर, कोटेश्वर क्षेत्रमा कर्फ्यु
- राजावादीको आन्दोलन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक
- आन्दोलनको नाममा हिंसात्मक गतिविधी भयो- नेपाल प्रहरी
- भाटभटेनीदेखि क्यानको कार्यालयसम्ममा राजावादीको तोडफोड
- राजावादीको आन्दोलन हिंसात्मक भएपछि काठमाडौंमा कर्फ्यु लगाउने तयारी, प्रहरीले गर्यो माइकिङ
- माओवादी हेडक्वार्टरतर्फ राजावादी, पेरिसडाँडा नजिक जलाए गाडी (तस्बिरहरु)
- माधव नेपालको पार्टी कार्यालय राजावादीद्वारा तोडफोड
- राजावादीको प्रदर्शनमा घरमा आगो लगाउनेदेखि गोली चलाउनेसम्म, अहिलेसम्म के-के भयो ?
- कान्तिपुरपछि अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीको आक्रमण, गरे ढुंगामुढा
- राजा ल्याउने आन्दोलनमा जाँदा ३ लाखको सुनको सिक्री चैट !
- तीनकुनेमा ३ राउण्ड हवाई फायर
- कान्तिपुर टेलिभिजनको भवनमा राजावादीको ढुंगामुढा
- तीनकुनेमा राजावादीले लगाइदिए एक घरमा आगो
- तीनकुनेमा तनाब, हिंसात्मक बन्यो राजावादीको प्रदर्शन
- तीनकुनेको अवस्था तनाबग्रस्त, दुर्गा प्रसाईंको गाडीमा तोडफोड
- अराजक बने राजावादी, तीनकुनेमा घर तोडफोड
- तीनकुनेमा अश्रुग्यास प्रहार, राजावादी तितरबितर
- कस्तो छ आज काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था
- राजावादीलाई रिङरोडभित्र छिर्न नदिन बानेश्वरको सडकमा बार, गणतन्त्रवादी पनि आउन नपाउने
- राजावादीको आवाज निषेध नगर्न कुश जोशी र भवानी राणासहित ३२ जनाको ६ बुँदे विशेष अपिल
- विवादित व्यवसायी दुर्गा प्रसाईं पूर्वपञ्चहरुलाई चक्मा दिँदै कसरी बने राजावादी ‘कमाण्डर’ ?
- राजनीतिक आडमा विवादास्पद दुर्गा प्रसाईंको आर्थिक उपद्रोको हुँकार, बैंकको ऋण तिर्दिन भन्न मिल्छ ?
- भारतीय गुण्डा बिश्नोईको नामबाट गभर्नरलाई ६० पटक धम्कीपूर्ण फोन, यस्तो छ दुर्गा प्रसाईं कनेक्सन
प्रतिक्रिया