
काठमाडौं । नेपाल प्रहरीले राजावादीको नाममा दुर्गा प्रसाई समूहले आपराधिक गतिविधि गरेको बताएको छ ।
शुक्रबार राजवादीका नाममा दुर्गा प्रसाई समूहले व्यक्तिको निजी घर जलाएको छ । गाडी, मोटरसाइकल जलाएको प्रहरीले जनएको छ । कान्तिपुर टिभी, अन्नपूर्ण पोष्ट दैनिकमा क्षति पुर्याएको छ । समाजवादी पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश कुमार आचार्यले आपराधिक गतिविधी भएकाले त्यसको छानविन हुने बताए । उनका अनुसार सुरक्षा घेरा तोडेर प्रदर्शनकारीहरुले आपराधिक गतिविधी गरेका हुन् ।
प्रतिक्रिया