एयरपोर्ट हवाई इन्धन डिपो नजिक आगलागी, निगमको अग्नी नियन्त्रण प्रणाली स्ट्यान्डबाइ

2.3k
Shares

काठमाडौं । नेपाल आयल निगमको सिनामंगल स्थित हवाई इन्धन डिपो नजिक आगो सल्किएको छ । सिनामंगलदेखि बिमानस्थल प्रवेशद्वारतर्फ एयरपोर्ट हातामा रहेको झाडीमा आगो लागेको हो ।

आगो आन्दोलनकारीले लगाएको वा अन्य कुनै कारण् लागेको भन्ने हालसम्म खुलेको छैन ।

डिपो नजिकै आगलागी भएपछि निगमले आफ्नो अग्नी नियन्त्रण प्रणाली तैनाथ गरेको छ । ‘डिपो नजिकै आगो सल्किएको खर आएको छ । थप जोखिम निम्तने देखियो भने हाम्रो अग्नी नियन्त्रण प्रणाली सक्रिय बनाउछौं,’ निगमका प्रवक्ता मनोज ठाकुरले क्लिमान्डुसँग भने, ‘नजिक रहेको ट्यांकरहरुलाई सुरक्षित स्थानमा लगिसकेका छौं ।’

राजावादीको प्रदर्शनका कारण शुक्रबार बिहानदेखि तीनकुने क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीले तीनकुनेका कयौं घरमा तोडफोड गरेका छन् । यसैगरी सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पनि ढुंगामुढा गरेका छन् ।

सिनामंगलस्थित हवाई इन्धन डिपो नजिक झाडीमा पनि प्रदर्शनकारीले नै आगो सल्काएको अनुमान गरिएको छ ।