
काठमाडौं । तीनकुने क्षेत्रमा कर्फ्यु लागेपछि कोटेश्वर क्षेत्रमा सडकमा नेपाली सेना परिचालन भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनेश्वर तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
राति १० बजेसम्मको लागि कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशसन कार्यालय काठमाडौंले जनाएको छ । गौशलादेखि एयरपोट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । त्यस्तै कोटेश्वरदेखि जडिबुटी पुल, र कोटेश्वरदेखि बालकुमारी पुलमसम्म पनि कर्फ्यु लगाएको हो ।

यस्तै बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशलादेखि पुरोनोबानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म चारकिल्ला मानेर त्यसभित्रका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
उक्त सीमाभित्र आवतजावत गर्न, कुनै प्रकारका भेला, जुलुस, प्रर्दशन, सभा, बैठक, घेराउन गर्न नपाउने गरी कर्फ्यु जारी भएपछि नेपाली सेना अवस्था नियन्त्रणमा लिन सडकमा परिचालित भएको हो ।
कर्फ्यु लागेको समयमा सुरक्षा निकायलाई गोली हान्नेसम्मको अधिकार रहन्छ ।


प्रतिक्रिया