
काठमाडौं । राजावादीहरुको प्रदर्शन उग्र बन्दै गएको छ। तीनकुनेमा तोडफोड गरेपछि छिन्नभिन्न भएका प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी क्षेत्रमा समेत आगजनी र तोडफोड गरेका छन् ।
तीनकुनेबाट सुरु भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि ठाउँठाउँमा तोडफोड र आगजनी भएका छन्। सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा समेत प्रदर्शनकारीहरूले क्षति पुर्याएका छन् ।
स्थिति नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेपछि आन्दोलनकारीहरू झनै आक्रोशित भएका छन्। राजावादी प्रदर्शनकारीहरू यत्रतत्र तोडफोड र आगजनीमा उत्रिएका कारण सुरक्षा चुनौती बढेको छ ।
स्थिति जटिल बन्दै गएपछि प्रशासनले सिनामंगलसहित तीन स्थानमा कर्फ्यु आदेश जारी गरेको छ भने अन्य क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाइएको छ।
प्रतिक्रिया