राजावादीलाई रिङरोडभित्र छिर्न नदिन बानेश्वरको सडकमा बार, गणतन्त्रवादी पनि आउन नपाउने

2.3k
Shares

राजावादीलाई रिङरोड भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकको मुख्य लेनमा पुलिसले बार लगाएको छ ।

सर्वसाधारणलाई भने साइडको लेनबाट हिँडन दिएको छ। शंकास्पद गतिबिधिको पनि चेकिङ भैरहेको छ।

राजावादीहरुले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दै छन् । आजै गणतन्त्रवादी समाजवादी मोर्चाले पनि काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गरेका छन् ।

दुई पक्षबीच भेट हुन नदिन सुरक्षा निकाले उच्च निगरानी गर्दै सावधानी पनि अपनाएको छ ।

राजावादीलाई रिङरोड भित्र छिर्न नदिने र गणतन्त्रवादीलाई रिङरोडतर्फ जान नदिन सुरक्षा निकायले सावधानी अपनाएको छ ।