राजावादीको आन्दोलन: तीनकुने, बानेश्वर, कोटेश्वर क्षेत्रमा कर्फ्यु

273
Shares


काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनेश्वर तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

राति १० बजेसम्मको लागि कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशसन कार्यालय काठमाडौंले जनाएको छ । गौशलादेखि एयरपोट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । त्यस्तै कोटेश्वरदेखि जडिबुटी पुल, र कोटेश्वरदेखि बालकुमारी पुलमसम्म पनि कर्फ्यु लगाएको हो ।

यस्तै बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशलादेखि पुरोनोबानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म चारकिल्ला मानेर त्यसभित्रका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

उक्त सीमाभित्र आवतजावत गर्न, कुनै प्रकारका भेला, जुलुस, प्रर्दशन, सभा, बैठक, घेराउन गर्न नपाउने गरी कफ्यु आदेश जारी भएको हो ।

राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

प्रदर्शनकारलिे सिनामंगलमा रहेको नागरीक उड्यन प्राधिकरण, आलोकनगरको नेकपा एकिकृत समाजवादीको पार्टी कार्यल, कोटेश्वरका भाटभटेनी सुपरमार्केट लगायतमा पनि तोडफोड गरेका छन् । उग्र बनेको प्रदर्शनकारीले निजी सम्पत्तीमाथि पनि तोडफोड गरेपछि काठमाडौं प्रशासनले कफ्यु लगाएको हो ।