राजावादीले लगाए जडीबुटी उत्पादन कम्पनीमा आगो(तस्बिरहरु)

1.1k
Shares

काठमाडौं । राजावादीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएकाहरूले कोटेश्वरबाट भक्तपुरतर्फ जाने जडिबुटीमा रहेको कम्पनीमा आगो लगाएका हुन् ।

राजावादीहरु हिंसात्मक गतिवधिमा उत्रिएपछि तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु जारी गरिसकेको छ ।

राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन्। आगो अझै नियन्त्रणमा आएको छैन ।