
काठमाडौं । तीनकुने क्षेत्रमा आन्दोलन उग्र बनेपछि प्रहरीले हवाइ फायर गरी हटाएका राजावादी समूहका प्रदर्शनकारी कोटेश्वरको पेरिसडाँडा तर्फ लागेका छन् । माओवादी हेडक्वार्टर पेरिसडाँडा तर्फ लागेका उनीहरुले गणेशचोकमा एउटा गाडीमा आगजनी समेत गरेका छन् ।
उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुससहित तीनकुने पुगेका प्रदर्शनकारीहरू उच्छृंखल गतिविधिमा संलग्न भएपछि अवस्था तनावग्रस्त बनेको छ । त्यसपछि उनीहरू पेरिसडाँडातर्फ सरेका थिए, जहाँ केही सवारीसाधनमा आगजनी र मोटरसाइकल तोडफोड भएका छन् ।
आन्दोलनकारीले तीनकुनेका कयौं घरमा तोडफोड गरेका छन् भने एक घरमा आगजनी पनि गरेका छन् । उनीहरूले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट र नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पनि तोडफोड गरेका छन् ।









प्रतिक्रिया