राजावादीको अराजक झुण्डले यसरी लुट्यो भाटभटेनी, हेरौं सीसीटीभी फुटेज

1.5k
Shares

काठमाडौं । राजावादीको अराजक झुण्डले देशकै ठूलो सुपरमार्केट चेन भाटभटेनीको कोटेश्वर स्टोरमा लुटपाट गरेको छ । अपराह्न ४ बजेतिर राजावादीले सुपरमार्केटको बाहिर प्रदर्शन गरेर राखेका मालवस्तु लुटेका हुन् ।

केही प्रदर्शनकारीले स्टोरमा तोडफोड गर्दै छेडखानी गरेका थिए । सोही क्रममा प्रदर्शनकारीले तरकारी, फलफूल, मदिरा, आइसक्रिम आदि खाद्यवस्तु लुटेर लगेका थिए ।

‘कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर तरकारी तथा मदिरालगायतका सामग्री लिएर हिँडे, तोडफोड पनि गरे,’ भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले क्लिकमान्डुमा भने, ‘कतिको क्षती भयो भन्ने विवरण आइसकेको छैन ।’

क्षतीको हिसाब गर्दै भोलिदेखि नै सञ्चालन गर्ने गरी तयारी भइरहेको उनले बताए ।