राजावादी प्रदर्शनमा गोली लागेर महर्जनको मृत्यु

2.7k
Shares

काठमाडौं । शुक्रबारको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ ।

राजावादी आन्दोलनमा सहभागी भएका एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार कीर्तिपुर ४ बस्ने २९ वर्षीय सविन महर्जको मृत्यु भएको हो ।

तीनकुनेमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।