तीनकुनेमा अश्रुग्यास प्रहार, राजावादी तितरबितर

308
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । राजावादीहरुको समूह बानेश्वरतर्फ अघि बढ्न खोजेपछि केही बेर अघि प्रहरीसँग राजावादीसँग झडपसमेत भएको थियो ।

प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहार भएपछि राजावादी समर्थक तितरवितर भएका थिए ।