एयरपोर्ट नजिक आगो लाग्दा प्लेन ल्याण्ड हुन सकेनन्, ५ अन्तर्राष्ट्रिय विमान आकाशमा घुमेको घुम्यै

2k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक सिनामंगल छेउमा भएको आगलागीले हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार केही हवाई उडानमा ढिलो भएको छ ।

काठमाडौंबाट बाहिरिने उडान समेत आधा घण्टाभन्दा बढी रोकिएको छ । अहिले आगलागी नियन्त्रणमा आएको जानकारी आएको र धुवापनि कम भएकोले उडान सुरु हुन थालेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार फ्लाई दुबई, कोरियन एयर, एयर एसिया एक्स, विमान वंगलादेश, थाइ एयरलाइन्सले आधा घण्टाभन्दा लामो समयदेखि आकासमै होल्ड गरिएका छन् ।