राजावादीले जलाए रास्वपा नेता सन्तोष परियारको गाडी (भिडियो)

994
Shares


काठमाडौं । राजावादी आन्दोलनकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सन्तोष परियारको गाडी जलाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक समेत रहेका परियार शुक्रबार संसदको काम सकेर घर फर्कने क्रममा प्रदर्शनकारीले उनको गाडीमा आगजनी गरेका हुन् ।

राजावादी आन्दोलनकारी उग्रबनेपछि तीनकुने क्षेत्र असान्त बनेको कारण बाग्मती करिडोर हुँदै मनोहरा करिडोतिर लागेका परियारको गाडी बालकुमारी नपुग्दै आन्दोलनकारीले जलाएका हुन् ।

च्यासलस्थिति एमाले पार्टी कार्यलय तोडफोड्न गर्न भन्दै त्यसतर्फ लागेका प्रदर्शनकारी पार्टी कार्यलयमा रहेको सुरक्षा व्यवस्थाले त्यसतर्फ जान नसकेपछि करिडोरमार्फत भक्तपुरतर्फ हिँडेको परियारको गाडीमा आगजनी गरेका हुन् ।

तीनकुनेको प्रदर्शन छल्न करिडोरबाट भक्तपुरस्थित घर हिँडेको उनको बिएबी १३८२ नम्बरको गाडी रोकेर प्रदर्शनकारीले आगो लगाइदखिएका हुन्।