
काठमाडौं । सरकारले तीनकुने क्षेत्रमा राजावादीको नाममा भएको अराजक गतिविधिको जिम्मा दुर्गा प्रसाईंले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर तीनकुने क्षेत्रमा भएको भौतिक र मानवीय क्षतिको जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्ने बताएको हो ।
राजावादी मोर्चाको जनकमाण्डर बनेका प्रसाईंले प्रहरीले सुरक्षा घेरा आफ्नै गाडीले तोडेका थिए । उनले आन्दोलनकारीलाई उत्तेजक बनाउँदै अश्लिल गाली गरेको भिडियोहरु समेत सार्वजनिक भएको छ ।
आन्दोलनकारीले निजी घरहरुमा आगोलगाउने, तोडफोड, गाडीहरुमा तोडफोड भएको थियो । ‘राजा ल्याउने मिसन बोकेकाहरुले यस्तो गर्लान भन्ने भएन । आन्दोलनको नेतृत्व गरेकाले उहाँ नै यो घटनाको जिम्मेवारी लिनुपर्छ,’ गृह मन्त्रालयका सहसचिव छविलाल रिजालले भने, ‘जति क्षति भएको छ आयोजकको तर्फबाट उहाँहरुले लिनुपर्छ ।’
रिजालले त्यस्तो खालको घटना हुन सक्छ भन्ने पूर्वानुमान गर्न नसकिएको बताए। आगो नियन्त्रण गर्न गएको सशस्त्र प्रहरीको दमकलमा नै तोडफोड र आगजनी गरिएको थियो । ‘बन्दुक प्रयोग गर्दा मापदण्ड छन् । त्यसकारण हामीले अनुमान गरेभन्दा फरक भयो । अनुमान गरेभन्दा केहि फरक र अराजक गतिविध भएकै हो,’ उनले भने ।
प्रतिक्रिया