राजावादीको आन्दोलन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

2.2k
Shares

काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

गृहमन्त्री रमेश लेखक, गृहसचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी बैठक गृह मन्त्रालयमा जारी छ । बैठकमा प्रदर्शनको अवस्थाबारे समीक्षा गर्दै आगामी कदमबारे निर्णय गरिने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।

राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै आवश्यक निर्णय गर्न बैठक बसेको हो । गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार ५ देखि १० जनाका समूह बनाएर विभिन्न स्थानमा तोडफोड तथा आगजनी गर्ने गतिविधि देखिएको छ। स्थिति नियन्त्रणका लागि सुरक्षा निकायलाई थप सतर्कता अपनाउन निर्देशन दिइएको छ ।