क्लिकमान्डु दशैं विशेष श्रृंखला: खाना, नाना र दशैं सम्झना, ४३ जनासँगको कुराकानी



काठमाडौं । अनलाइन आर्थिक पत्रिका क्लिकमान्डुले दशैं- २०८१ को अवसर पारे विशेष श्रृंखला प्रस्तुत गरेको छ ।

पूर्वप्रधानमन्त्रीदेखि देशका उद्योगी व्यवसायी/प्रशासक/बैंकर लगायतका अर्थतन्त्रसँग जोडिएका विभिन्न व्यक्तित्वसँगको गरिएको यो विशेष भिडियो कुराकानी ‘कसलाई के खान मन पर्छ ? के मन पर्दैन ?’, ‘कसलाई पकाउन के आउँछ ? वा कसलाई आउँदैन ?’ र ‘दशैं भन्ने वित्तिकै कसको दिमागमा के आउँछ ? बाल्यकाल र अहिलेको दशैंमा के फरक छ ?’ जस्ता विषयमा गरिएको हो ।

देशकै एक्ला खर्बपति बिनोद चौधरीबाट सुरू यो श्रृंखलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, प्रतिनिधिसभा सदस्यहरू, महालेखापरीक्षक, नेपाल सरकारका सचिवहरू, पूर्व सचिव र पूर्व गभर्नरहरू, नेपाल राष्ट्र बैंकका अधिकारीहरू, व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, बैंकरहरू, डाक्टर, कलाकार र अर्थतन्त्रका विषय विज्ञहरूको भिडियो कुराकानी प्रकाशित प्रसारित भइ अन्तिम अंकमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकालको खाना रूची र दशैं सम्झनाका विषयको अन्तर्वार्ता प्रकाशन/प्रसारण गरिएको थियो ।

यसअघि कसैले कतै नखोलेको गोप्य र नितान्त व्यक्तिगत कुराकानी क्लिकमान्डुको दशैं विशेष श्रृंखलामा आधिकारिक रूपमा खोतलिए । प्रस्तुत छ, ती ४३ जनासँगको भिडियो कुराकानीः

१. खाना बनाउन केपी ओलीभन्दा बढी जाँगर चलाउँथे माधव नेपाल, एकैपल्टमा ७ वटा अण्डा पनि खाएका थिए

२. ६ कक्षा पढ्दादेखि खाना पकाउन सुरु गरें, अगेनामा मासु पोलेर खान्थ्यौंः प्रकाशशरण महत

३. भात देखेपछि खान मन लागिहाल्छ, चाउचाउ र फ्राइड राइस पकाउन सक्छु: विनोद चौधरी

४. खानामा कमेन्ट गर्दैनन् महालेखापरीक्षक राया, मिठो भए धेरै खान्छन् मिठो नहुँदा थोरै

५. ब्रेकफास्ट कोदो\फापरको रोटी र खाजा भुटेको मकै खान्छन् चन्द्र ढकाल, बासी सेल तताएर खान हुरूक्कै

६. खाना पकाउन शोखिन छन् राजेश अग्रवाल, फुड भ्लग अत्यधिक हेर्छन्

७. बरु २ दिन भोकै बस्छु, खाना बनाउन सक्दिनँः सूर्य थापा

८. देउसी खेल्न आउनेलाई आफैं खाना पकाएर खुवाउँछु, दक्षिणा चाहीँ १११ रूपैयाँ मात्रैः हरि ढकाल

९. बिरयानी बनाउन सिपालु छिन् डेपुटी गभर्नर ढुंगाना, आफू र श्रीमान्‌बाहेकले पकाएको स्वाद पर्दैन

१०. विद्यार्थी हुँदा धेरै साथीले खाएको भाँडा माझें, बिहेपछि १६ केजी तौल बढ्योः बमबहादुर मिश्र

११. म एडभेन्चरस भेजिटेरियन हो, मिठोभन्दा पनि बाच्नलाई पुग्ने खाना बनाउन सक्छु: शेखर गोल्छा (भिडियो)

१२. बोसे आन्द्रामा रक्ति भर्न एक्स्पर्ट हुँ, पाहुनालाई मिठो पोर्क बनाएर खुवाउँछुः अञ्जन श्रेष्ठ

१३. परिवारमा म राम्रो ‘कुक’ हुँ, स्वादिलो खाना पकाउँछुः घनश्याम उपाध्याय

१४. दशैंमा पिङ खेल्न डराउँथें, पिङबाट खसेको याद आउँछ: केशव कुमार शर्मा

१५. मासुका आइटम मिठो पकाउँछन् कुलमान, सानो हुँदा खाना पकाएर दाजु भाइलाई खुवाउँथे

१६. भोक मिठो कि भोजन ? डा. चिरञ्जीवी नेपालको सीधा जवाफः खानै मिठो

१७. सरकारी जागिरमा छँदा १३ घण्टा काम गर्थे रामेश्वर खनाल, खाना चाहीँ घरकै खान्थे

१८. भोकै बस्ने अवस्थामा मात्रै किचन पस्छु, साकाहारी खाना खान्छु: दिपेन्द्रबहादुर क्षेत्री

१९. पाककला नभएका गुरूप्रसाद पौडेल घरमा एक्लै बस्नु परेको दिन के पकाएर खालान् ?

२०. सानोमा खेतमा काम गर्नका दुःखले भान्सा पस्थे रामु पौडेल, अहिले बाध्यताले (भिडियो)

२१. अशोक शमसेर राणालाई प्रश्नः राणा परिवार र आम नेपालीको दशैंमा के फरक छ ?

२२. गाउँमा सारी र लाली लगाएर मलाई केटी बनाइदिन्थे, देउसीमा पनि केटी बनाएर नचाउथे: मनोज ज्ञवाली

२३. घरमा सबै जना बिरामी हुँदा एक्लै धेरै मासु खाएको रेकर्ड छ: गणेश कार्की

२४. म किचेनमा छिरेको श्रीमती मन पराउँछिन्ः मनोज कार्की

२५. घरमा भन्दा रेस्टुरेन्टमा बढी खान्छन् सुधीर पराजुली, चिकेन चिल्ली पकाउँछन्

२६. खाना पकाउन एक्स्पर्ट हुन् विजय बराल, उनले पकाएको खुब मन पराउँथे दया, निश्चल, रामबाबु र उपेन्द्र

२७. अरू पुरूषले पकाएको देखेर मेरो श्रीमतीले पनि पकाउन दबाब दिन्छिन्, तर सक्दिनँः रमेश हमाल

२८. नयाँ खाना खाने र बनाउने पारखी हुन् सुशील भट्ट, भन्छन्ः सहरकै उत्कृष्ट बिरयानी पकाउन सक्छु

२९. खाना पकाउनभन्दा भाँडा माझ्न सजिलो लाग्छ: मोहन कुमार डाँगी

३०. साउन बाहेक ११ महिनै मांशाहारी खाना मन पराउँछन् प्रतापजंग पाण्डे (भिडियो)

३१. अफिसमा काम गर्न भन्दा घरमा खाना पकाउन र भाँडा माझ्न रमाइलो लाग्छः अर्जुन कुमार गौतम

३२. मासु पकाउने जिम्मा मेरै भागमा आउँछ, मिठो पकाइस् भन्छन्: कृष्णप्रसाद न्यौपाने (भिडियो)

३३. दशैंमा नयाँ नोट साटेर लैजान्छु, गाउँभरी बाँड्छु: सागरमणि ज्ञवाली (भिडियो)

३४. ब्रिटिस आर्मी हजुरबा कसौंडीमा मासु भुटेर भन्नुहुन्थ्यो- नाती हो, तिमीहरुलाई आज म शिकार खुवाउँछु

३५. खाना बनाउन जान्दैनन् नवीन रिजाल, चिया पनि १० पटक बनाउँदा ५ पटक खानै नहुने हुन्छ

३६. अनुपम राठीको सबैभन्दा मनपर्ने ड्रिंकस् हो पानी, बाह्रै महिना तातोपानी पिउँछन्

३७. भात खान मधेश झरें, अहिले डाक्टर भन्छन्ः त्यही चामल खाए मर्छस्

३८. श्रीमतीले जुलेबी बनाउँदा छान्न सघाउँछन् पवन सारडा, उनैले पकाएको खीर पुरी मिठो मान्छन्

३९. वर्षको ३६५ दिनै लौकाको तरकारी खान्छन् नन्दकिशोर राठी, दशैंमा २१ सयसम्म दक्षिणा दिन्छन्

४०. दशैंमा पाएको सबै दक्षिणा अहिलेसम्म घरमै सुरक्षित राखेको छु: राजनबाबु श्रेष्ठ

४१. होटल मेनेजमेन्ट पढेका निराकार, मासुका रोस्ट आइटम मिठो बनाउन सक्छन्

४२. वर्षमा एक दिन मटनका परिकार बनाउँछु, परिवारका सबै खुसी हुन्छन्ः अम्बिका पौडेल

४३. गहतको घुरे र कडी साह्रै मिठो बनाउँछु, पाहुनालाई त्यही खुवाउँछुः डा. अरूणा उप्रेती

युट्युब प्लेलिस्टमा भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।


क्लिकमान्डु