खाना पकाउनभन्दा भाँडा माझ्न सजिलो लाग्छ: मोहन कुमार डाँगी (भिडियो)



काठमाडौं । दशैं, तिहारलगायतका नेपालमा मनाइने ठूला पर्व हुन् । यी पर्वहरु आफन्त परिवारसँग मिलेर मनाइन्छ ।

विभिन्न थरि थरिका मिठा परिकार पकाएर खाने, आफन्तसँग भेटेर रमाइलो कुराकानी गर्ने गरिन्छ । दशैंमा मान्यजनका हातबाट टिका थाप्ने गरिन्छ । आ-आफ्नो गच्छे अनुसार दशैं तिहारलगायतका पर्व मनाउने गरिन्छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीलाई दशै अत्यन्त मनपर्छ । उनी दशै भन्ने वित्तिकै आफ्नो बाल्यकाल र त्यतिबेलाका रमाइला पलहरु सम्झन्छन् ।

आज भोलिको दशैंभन्दा उनलाई बाल्यकालकै दशैं सम्झेर रमाइलो लाग्छ । उनलाई नेपाली खाना धेरै मनपर्छ । उनी आफैं पनि खाना पकाउँछन् ।

पछिल्लो समय भने कामको व्यस्तताका कारण भान्सा खाना पकाउन भ्याएका छैनन् । उनलाई नन भेज मन पर्छ । मटन खान उनको विशेष रूची छ । उनी बाहिरको खानाभन्दा घरको खाना बढी रुचाउँछन् । घरबाहिर खाना खान जान परे एलिस रेस्टुरेन्ट बढी जान्छन् ।

दशैंको टीकालगत्तै परिवारसहित स्वीजरल्याण्ड घुम्न जाने तयारी डाँगीको छ । प्रस्तुत छ, उनै डाँगीसँग क्लिकमान्डुका लागि दिनेश खड्काले गरेको दशैं विशेष कुराकानीः


दिनेश खड्का