घरमा सबै जना बिरामी हुँदा एक्लै धेरै मासु खाएको रेकर्ड छ: गणेश कार्की (भिडियो)

'नयाँ लुगा लगाएर साथीलाई देखाउन गएको याद आउँछ'



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीलाई दशैं भन्ने बित्तिकै जमरा राखेदेखि नयाँ लुगा लगाएर साथीहरुलाई देखाएको याद आउँछ । त्यो मजाले अहिले पनि उनी रोमाञ्चित हुन्छन् । पीङ खेलको उनी सम्झन्छन् ।

दशैंमा उनी सबैभन्दा धेरै दक्षिणा दिने घरहरु टिकाउ लगाउन छुटाउँदैन थिए । उनलाई गाउँमा मनाएको दशैं रमाइलो लाग्छ । साथीभाईहरुसँगको भेटघाट रमाइलो लाग्छ ।

उनलाई मासुमा मटन मनपर्छ । खसीको पक्कु धेरै मन पर्छ । कार्की नेपाली खानाका शौखिन हुन् । उनलाई थकाली खाना घरमा पकाएको मनपर्छ ।


दिनेश खड्का