खाना पकाउन शोखिन छन् राजेश अग्रवाल, फुड भ्लग अत्यधिक हेर्छन् (भिडियो)



काठमाडौं । राजेश कुमार अग्रवाल नेपाल उद्योग परिसंघका अध्यक्ष हुन् । उनलाई  दशैं धेरै नै मन पर्छ । अग्रवाल दशैंमा बाहिर घुम्न जानेभन्दा पनि काठमाडौंमै रमाउँछन् ।

उनलाई दशैंमा ट्राफिक कम हुने हुँदा आफैं गाडी गुडाएर काठमाडौं उपत्यका र नगरकोटलगायत वरिपरिका डाँडा घुम्न जान मन पर्छ ।

सादा खाना रुचाउने अग्रवाललाई पिज्जा  र चाउमिन धेरै मन पर्छ । उनलाई इण्डियन खानामा मसला डोसा, छोला भटौरा मनपर्छ ।

प्रस्तुत छ, अग्रवालसँग दशैं, तिहार र खानाका विषयमा क्लिकमान्डुका दिनेश खड्काले गरेको कुराकानीः


दिनेश खड्का