अफिसमा काम गर्न भन्दा घरमा खाना पकाउन र भाँडा माझ्न रमाइलो लाग्छः अर्जुन कुमार गौतम (भिडियो)



काठमाडौं । नेपाल हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमलाई दशैं अत्यन्त मनपर्ने पर्व हो । उनलाई दशैं भन्ने बित्तिकै बालापनको याद आउँछ ।

गौतम पिङ थापेको, नयाँ-नयाँ लुगा लगाएको त्यतिबेलाको रमाइलो सम्झन्छन् । उनलाई एक दिन हिँडेर मामाघर गएको याद आउँछ ।

गौतमले यो पटकको दशै काठमाडौंमा नै मनाउने तयारी गरेका छन् । उनी धार्मिक मान्यताअनुसार परिवारका साथमा दशैं मनाउने तयारीमा छ । उनी अहिले शाकाहारी हुन् । दाल भात तरकारी उनलाई औधी मनपर्छ । खानभन्दा पकाउन मन लाग्छ । यो पटकको दशैं बिदामा उनी आफैंले सबै खाना पकाउने योजनामा छन् ।

उनकी श्रीमती देवकुमारी गुरागाईं केहि समय पहिले मात्रै सेवानिवृत्त सचिव हुन् । दुवै जना सरकारी कर्मचारी भएपनि उनीहरु ५०/५० प्रतिशत खाना पकाउने काम गर्छन् । गौतमलाई खाना पकाउन र भाँडा सफा गर्न रमाइलो लाग्छ । काम र घुमघामको शिलशिलामा विदेश पुग्दा जे भेट्यो त्यही खाने उनको स्वभाव छ । तर, विदेशमा हुँदा उनलाई नेपालको खाना झलझल्ती याद आउँछ ।

दक्षिणाबारे कुरा गर्दा उनलाई मामाघरको गाउँभरी टिका लगाउँदा ४ रुपैयाँ ५० पैसा पाएको सम्झँदा आउँछ ।

प्रस्तुत छ, उनै गौतमसँग खाना र दशैं सम्झनाको विषयमा क्लिकमान्डुका लागि दिनेश खड्काले गरेको कुराकानीः


दिनेश खड्का