म किचेनमा छिरेको श्रीमती मन पराउँछिन्ः मनोज कार्की (भिडियो)



काठमाडौं । वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा समिट एयरलाइन्स र फिस्टेल हेलिकप्टरका प्रबन्ध निर्देशक मनोज कार्कीलाई खाना बनाउन निकै मन पर्छ । उनलाई खसिको पक्कु र भुटन बनाउन निकै रुची लाग्छ ।

मासुका परिकार पोलेर बनाउनेदेखि नेवारी परिकार पनि बनाउन मन गर्छन् । कार्कीले हरेक दशैैंमा घरमा खसिको पक्कुदेखि नेवारी परिकारसम्म बनाउँछन् ।

दशैंमा परिवार र नजिकका साथिभाइहरुलाई बोलाएर खुवाउने पनि गर्छन् । उनले घरमा विभिन्न संस्कृति र परिवेश साथीलाई बोलाउँछन् । त्यतिबेला साथीहरुले पनि आफूले बनाएको परिकार ल्याएर खाने र रमाइलो गर्ने गरेका छन् ।

कार्की भन्छन्, ‘मेरो श्रीमती पनि म किचेनमा छिरेको मन पराउँछिन् । नयाँ परिकार बनाउन उत्साह दिन्छिन् । मैले अनुकुल समयमा खाना बनाउने पनि गरेको छु ।’ कार्की किचनमा गएपछि मासुको मात्रै आइटम नभएर अरु खाना पनि बनाउँछन् । ‘खाना बनाउने रुचीले गर्दा कुकबुक समेत प्रयाप्त राखेको छु,’ कार्की भन्छन्, ‘आफूलाई घरायसी कुक भन्न रुचाउँछु ।’

कार्कीले भारतमा सीए पढ्दादेखि नै आफैं बनाउनुपर्ने भएकोले खाना बनाउन सिकेका हुन् । ‘खाना बनाउने काम घरमा गर्ने मात्रै हैन म त बनाएको खाना बोकेर नै हिँड्ने गरेको छु,’ उनले भने । कार्यालय जाँदा घरमा पकाएको खाना नै लिएर हिँड्ने गरेका कार्कीले १५ वर्षदेखि कार्यालयमा घरकै खाना लिएर जान्छन् ।

बाहिरतिरको खाना मन नपराए पनि सोसलाइज हुन पनि रेस्टुरेन्ट जाने गरेका छन् । कार्की भन्छन््, ‘तर, रेस्टुरेन्ट जाँदा पनि खानामा विशेष ध्यान दिन्छु ।’ रेस्टुरेन्ट जाँदा पनि छिटो फर्कने गरेका कार्की मदिरा पिउनमा त्यति रुची राख्दैनन् । खानै पर्दा पनि सिमित मात्रै लिने गरेका छन ।

प्रस्तुत छ, उनै कार्कीसँग क्लिकमान्डुका लागि राजु बास्कोटाले गरेको कुराकानीः


राजु बास्कोटा