मासुका आइटम मिठो पकाउँछन् कुलमान, सानो हुँदा खाना पकाएर दाजु भाइलाई खुवाउँथे



नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई दशैं भन्ने बित्तिकै बाल्यकालको सम्झना आउँछ । उनी दशैं सानोमा महत्त्वका साथ गाउँमा मान्थे ।

अहिले पहिले जस्तो रमाइलो लाग्दैन उनलाई । काठमाडौंबाट गाउँमा दाइहरु आउने, रमाइलो गर्ने, मिठा मिठा खाना खाने गरेको सम्झना आउँछ । पहाडमा मासु भात खान दशैं कुर्नुपर्ने अवस्था थियो ।

त्यो बेलामा पहाडमा मानेको दशैंको उनलाई रमाइलो याद आउँछ ।

विद्युत प्राधिकरणका कर्मचारी सिस्टमबाट बाहिर जान सक्दैनन् । कुनै समस्या आए तयार भएर बस्नुपर्छ । यो विद्युतको क्षेत्रमा बाढीले ठूलो नोक्सानी पुर्‍याएको छ,  पोलहरु बगाएको छ, प्रसारणलाइन क्षति पुगेको छ । ४५६ मेगावाटको तामाकोसीमा ठूलो क्षति पुर्‍याएक कारण यो पटकको दशैं उनी काठमाडौंमा नै मान्ने तयारीमा छन् ।

उनी सबै किसिमका  खानाहरु खान्छन् । उनी सानोमा दाजु भाईलाई समेत खाना पकाएर खुवाउँथे । राम्रो खाना पकाउने खुवी उनमा छ ।

प्रस्तुत छ, उनै प्रबन्ध निर्देशक घिसिङसँग क्लिकमान्डुका दिनेश खड्काले गरेको दशैं, तिहार र खानपान विशेष कुराकानीः


दिनेश खड्का