परिवारमा म राम्रो ‘कुक’ हुँ, स्वादिलो खाना पकाउँछुः घनश्याम उपाध्याय (भिडियो)



काठमाडौं । कर्णाली प्रदेशबाट नेपाल सरकारको पहिलो सचिव बनेका धनश्याम उपाध्याय हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव छन् । बाल्यकालमा दशैं आएपछि ‘नयाँ कपडा आयो, नयाँ चङ्गा आयो’ भन्ने रूपमा बुझ्ने गरेको बताउने उपाध्याय अहिलेको दशैंलाई जिम्मेवारी सहितको दशैं भन्न रुचाउँछन् ।

कुलदेवता पूजा र त्यसपछि खसी बोका काटेर वा किनेर घरमा आउने मासुले दशैंको अनुभूति दिलाउने उनको अनुभव छ । दशैंमा स्कुल ड्रेससँग मिल्ने गरी किनिने नयाँ लुगा र दक्षिणा पाइने ठाउँमा टीका थाप्न जान मन लाग्ने अनुभूतिले उनलाई नोस्टाल्जिक बनाउँछ ।

नेपाली परम्परागत खाना पकाउन र खान रुचि राख्ने उपाध्याय दशैंलाई सबै किसिमको तनावबाट व्यक्ति तथा समुदाय मुक्त हुने वर्षको रूपमा लिन्छन् ।भाडा माझ्ने भन्दा खाना पकाउने रुची भएको बताउने उपाध्याय पछिल्लो समय खाना मिठो नहुँदा पनि कमेन्ट गर्ने बानी घटाउँदै गएको बताउँछन् ।

खाना नमिठो भए पनि खेर नफाल्ने उपाध्यायलाई आफूले पकाएको खाना मिठो लाग्ने गर्छ । खाना पकाउँदा विभिन्न एक्सपेरिमेन्ट गर्न रुचाउने उपाध्याय मासु मिठो पकाउने गरेको दाबी गर्छन् ।

प्रस्तुत छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव उपाध्यायसँग दशैं र तिहार सम्झना, खानपान र भान्साका रुचीका विषयमा क्लिकमान्डुका लागि शरद ओझाले गरेको संवाद:


शरद ओझा