खानामा कमेन्ट गर्दैनन् महालेखापरीक्षक राया, मिठो भए धेरै खान्छन् मिठो नहुँदा थोरै



काठमाडौं । तीनै तहका सरकारको आम्दानी र खर्चको हिसाबकिताब लेखापरिक्षण गर्ने जिम्मेवारीमा रहेका महालेखापरीक्षक तोयम राया दशैंलाई सांस्कृतिक पर्वको रुममा लिन्छन् । बाल्यकालमा दशैंलाई जिम्मेवारी रहित गाउँको रमाइलो दशैं मान्ने राया अहिलेको दशैंलाई जिम्मेवारी सहितको दशैं मान्छन् ।

बाल्यकालमा दशैं आयो भन्दा नयाँ लुगा आउँछ, मिठो खान पाइन्छ तथा दक्षिणा पाइन्छ भन्ने रायालाई लाग्थ्यो । पछिल्लो केही वर्षयता दशैंमा बालबालिकालाई नयाँ लुगा किनिदिए पनि आफूले भने दशैंका लागि लुगा किन्ने नगरेको उनी बताउँछन् । दशैंमा प्रतीकात्मक रूपमा निकै कम दक्षिणा दिने गरेको उनको भनाई छ ।

बाल्यावस्थामा जे खाए पनि पच्ने भए पनि अहिले भने स्वास्थ्यलाई ध्यान दिँदै खाने गरेको उनको अनुभव छ । ‘म जे पाए पनि खाने मान्छे। त्यस्तो विशेष खाना केही छैन । अहिले धेरै चिल्लो खान्छ,’ उनी भन्छन् ।

विद्यार्थी जीवनमा डेरामा बस्दा खाना पकाउन सिकेका राया अहिले पनि घरमा खाना पकाउने गरेको सुनाउँछन् । ‘हामीहरू मिलेर खाना पकाउने गर्छौं । विद्यार्थी हुँदा खाना पकाउन र भाडा माझ्ने दुवै काम गरे । अहिले भने भाडा माझ्न भन्दा खाना पकाउन सहज लाग्छ,’ उनी भन्छन् ।

फुड भ्लग हेर्ने गरेका राया खाना मिठो नहुँदा पनि कमेन्ट नगर्ने बताउँछन् । ‘खाना मिठो भयो भने नियमित खाने भन्दा केही धेरै खाइन्छ, मिठो नहुँदा थोरै खान्छु । तर कमेन्ट गर्दिनँ,’ उनी भन्छन् ।

रेस्टुरेन्ट निकै कम जाने गरेको बताउने राया बच्चा अवस्थाको फुड ह्याबिट खासै परिवर्तन नभएको सुनाउँछन् । युवा अवस्था भन्दा कम खाना खाने र बढी चिल्लो नखाने बाहेक खाना खाने स्वभावमा खासै परिवर्तन नभएको उनको भनाई छ । घरमा एक्लै हुँदा पनि दाल भात तरकारी पकाउने र खाने गरेको रायाको अनुभव छ ।

प्रस्तुत छ, महालेखापरीक्षक रायासँग दशैं र तिहार सम्झना, खानपान र भान्साका रुचीका विषयमा क्लिकमान्डुका लागि शरद ओझाले गरेको संवाद:


शरद ओझा