दशैंमा पिङ खेल्न डराउँथें, पिङबाट खसेको याद आउँछ: केशव कुमार शर्मा



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालाई दशैं आउन लागेपछि प्रकृति नै रमाएको महसुस हुन्छ । उनलाई दशैं मनपर्ने पर्व हो । दशैंको समयमा आकाश खुलेको हुन्छ, खेतबारीमा लहलह बालीनाली हुन्छन् ।

उनलाई दशैंमा बाल्यकालको सम्झना सम्झना आउँछ । देश विदेशका विभिन्न स्थानहरुमा गएकाहरु घर फर्कन्छन् ।  पहिले पहिले दशैंका लागि चिउरा कुट्ने गरिन्थ्यो ।

शर्मा टीकाटाला गर्न आफन्तको जाने चलन सम्झन्छन् । बाल्यकालको बेलामा पाइने नयाँ लुगाको छुट्टै आनन्द आउने स्मरण गर्छन्। अहिले जसरी जुन बेला पनि नयाँ लुगा किन्ने चलन त्यतिबेला नभएको उनले स्मरण गरे ।

प्रस्तुत छ, शर्मासँग दशैंका विषयमा क्लिकमान्डुका लागि दिनेश खड्काले गरेको कुराकानीः


दिनेश खड्का