गहतको घुरे र कडी साह्रै मिठो बनाउँछु, पाहुनालाई त्यही खुवाउँछुः डा. अरूणा उप्रेती
काठमाडौं । डा. अरुणा उप्रेती जनस्वास्थ्यविद् हुन् । साधारण खानेकुरा खान रुचाउँछिन् । चिल्लो, पिरो, मसालेदार, बाहिर रेस्टुरेन्टको वा तयारी जंक फुड कसैले पनि खान हुँदैन भन्छिन् ।
त्यसैले पनि घरमा उनले पकाएको खाना सादा हुन्छ । डा. उप्रेतीले पकाएका खाना घरमा कसैले रुचाउँदैनन् ।
गहतको घुरे र मोहीको कडी पकाउन उनलाई विषेश रुची छ । यी दुई खाना पकाउन उनको विज्ञता पनि छ ।
दसैं भन्नेवित्तीकै डा. उप्रेतीलाई नयाँ लुगा, दक्षिणा, रमाइलो, भेटघाट र मिठो मिठो खाने कुराको याद आउँछ ।
‘जसको घरमा मासु र चिउरा दिन्छन्, उसैको घरमा जान मन लाग्थ्यो,’ डा. उप्रेती भन्छिन् ।
प्रस्तुत छ, उनै जनस्वास्थ्यविद् डा. उप्रेतीसँग उनको खानाको शोख र दशैं सम्झनाका विषयमा क्लिकमान्डुले गरेको कुराकानीः