भोक मिठो कि भोजन ? डा. चिरञ्जीवी नेपालको सीधा जवाफः खानै मिठो



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपाललाई अहिले पनि दशैं तिहार आउनासाथ नयाँ कपडा, मिठो खानेकुरा कै याद आउँछ । डा. नेपाललाई कसैले ‘भोक मिठो कि भोजन मिठो’ भनेर सोध्यो भने उनको सीधा जवाफ आउने गर्छ ‘भोजन मिठो’ ।

जति नै भोक लागेपनि नमिठो खानामा डा. नेपालको ध्यान धेरै जाँदैन । नेपाली खाना अत्यन्तै मन पराउने डा. नेपाललाई खाना बनाउन धेरै मनपर्छ । पछिल्लो समय नेपालमा भ्लग हेरेर खाना बनाउनेको कमी छैन । तर, डा नेपाल आफुलाई भ्लग हेरेर खाना बनाउनु उपयुक्त नलागेको बताउँछन् । युटुबमा हेरेर खाना बनाउँदा स्वाद गतिलो नभएको उनको अनुभव छ ।

डा. नेपाललाई चाडपर्व भन्नासाथ सानो बेलामा चंगा चेट गराउन चाबहिलबाट हिँडदै लौरो लिएर टुँडिखेलसम्म आएको अझै याद आउँछ । चंगा चेट गर्न टुँडिखेल पुग्दा धेरै झगडा हुने गरेको डा. नेपालले बताए ।

सानो बेलादेखि नै देउसी खेल्न जाँदा डा. नेपाललाई भट्याउन मन लाग्थ्यो ।

स्कुल पढने बेलादेखि नै चलचित्र भनेपछि रातको २ बजेदेखि लाइन लागेर टिकट लिएर चलचित्र हेरेको, चलचित्र हेरेपछि फिल्मको हिरोले लगाएको जस्तो जिनको पाइन्ट, जिनको ज्याकेट दशैंमा सिलाएको, सिल्की कपाल फरररर… बनाएर हिँडेको कुराले अहिले पनि युवाअवस्थाको झझल्को दिलाउँछ ।

त्यो समयमा चलचित्रको पहिलो शो हेर्न पाए युद्ध जितेको जस्तो लाग्ने गरेको उनले सुनाए । स्कुलदेखि नै पढाइ समेत छोडेर चलचित्र हेरेको, आमाले कुटेको अझै याद छ ।

आफूले दशैंमा टिका लगाएर ५ हजारसम्म दक्षिणा दिएको सुनाउने नेपाल पहिला आशिर्वादलाई महत्त्व भएको र अहिले धेरै मानिसलाई त्यसलाई कम महत्त्व दिन थालेको तर्क राख्छन् ।

पूर्व गभर्नर डा. नेपाल आफूले हस्ताक्षर गरेको पहिलो नोट अहिले पनि सँगै रहेको बताउँछन् । ‘आफ्नो हस्ताक्षर भएको नोट हेर्दा अत्यन्तै खुसी भएँ, मेरो अविश्मरणीय क्षण थियो त्यो,’ उनले भने ‘मैले हस्तारक्षर गरेको पहिलो नोट अहिले पनि सुरक्षित छ । पहिलो हस्ताक्षर गरेको नोट श्रीमतीलाई देखाउँदा उनको पनि खुसीको सिमा नै रहेको थिएन ।’

नेपालमा डिजिटल दक्षिणाको निकै चर्चा हुने गर्छ । ५ हजारसम्म दक्षिणा दिने पूर्व गभर्नर डा. नेपाललाई डिजिटल दक्षिणामा कत्तिको विश्वास लाग्छ ? दशैं भनेपनि अन्य के के कुराको याँद आउँछ ? नेपाली बाहेक अन्य कुन कुन खाने कुरामा बढी चासो छ ?

प्रस्तुत छ, यी र यस्तै विषयमा डा. नेपालसँग क्लिकमान्डुका सोभित थपलियाले गरेको कुराकानीः


सोभित थपलिया