घरमा भन्दा रेस्टुरेन्टमा बढी खान्छन् सुधीर पराजुली, चिकेन चिल्ली पकाउँछन् (भिडियो)



काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको संस्था तथा सुविसु नेटका अध्यक्ष सुधीर पराजुलीलाई खसिको पक्कु मन पर्छ । पकाउन खासै रुची नराख्ने पराजुली खानामा भने सौखिन छन् ।

चिकेन चिल्ली बनाउन मन पराउने भएपनि बनाएर परिवारलाई खुवाउने मौका भने कहिलेकाहीँ मात्रै मिल्ने गरेको पराजुली बताउँछन् । कार्य व्यस्तताले बिहानै घरबाट निस्कने वा घरकै खाना कुरेर नबस्ने स्वाभावले गर्दा उनी बिहानको खाना घरमा खान भ्याउँदैनन् । त्यसैले त उनको खानापान रेस्टुरेन्टमा बढी हुन्छ । घरबाहिर नै कामको व्यस्ताले धेरै समय बिताउनुपर्ने भएकोले खानपान पनि रेस्टुरेन्टतिरै बढी हुन्छ ।

पराजुली प्रायःजसो एउटै रेस्टुरेन्टमा जान्छन् । आफू जाने रेस्टुरेन्ट सिमित हुने भएकोले सुधीर पराजुलीलाई मन पर्ने खानाको स्वादसमेत उनी जाने रेस्टुरेन्टले बुझिसकेका छन् ।

उनलाई खानामा नेपालीले दैनिक खाने दालभात नै नियमित चाहिन्छ भन्ने चाहीँ छैन् । उनलाई खानामा पास्ता र सिजलर मन पर्छ । मःम खानमा भने रुची राख्दैनन् ।

घरबाहिर गएर खाने खानामा उनलाई चाइनिज खाना निकै पन पर्छ । चाइनिज खाना खानकै लागि बेला बेला ठमेलका चाइनिज रेस्टुरेन्ट छिर्ने गरेका हुन्छन् । पराजुली थाई, जापानिज, इन्डियन सबै खाना उत्तिकै मन पराउँछन् ।

क्लिकमान्डुसँगको कुराकानीमा पराजुलीले दशैंमा टीका लगाएर सबैलाई सय रुपैयाँ दिने गरेका छन् । उनले भने ‘अहिलेसम्म १०५ रुपैयाँभन्दा बढेको छैन । पैसाको महत्व भन्दा पनि दशैं पराम्परालाई बढी महत्व दिने गरेको छु ।’

दशैंको बेलापनि इन्टरनेट सेवामूलक व्यवसाय भएकोले कार्यालय नियमित झैं चलिरहेको हुन्छ । त्यसैले दशैंको बेलामा काठमाडौैं बाहिर वा विदेश भ्रमणमा जान भने उनले रुची देखाउँदैनन् । पराजुली भन्छन्, ‘काठमाडौंमा बस्दा आँगन नभएको घरमा हुर्किएकोले चंगा उडाउन नै सिकिएन भने पिङ खेल्न पनि त्यति धेरै खेलिएन ।’

प्रस्तुत छ, उनै पराजुलीसँग क्लिकमान्डुका लागि राजु बास्कोटाले गरेको कुराकानीः


राजु बास्कोटा