खाना पकाउन एक्स्पर्ट हुन् विजय बराल, उनले पकाएको खुब मन पराउँथे दया, निश्चल, रामबाबु र उपेन्द्र



काठमाडौं । अभिनेता विजय बरालको सिनेमा र रंगमञ्च क्षेत्रमा छुट्टै परिचय छ । रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका बराल पछिल्ला समय नेपाली सिनेमाका व्यस्त कलाकारमा पर्छन् ।

सर्लाही घर भएका उनी गाउँमा दशैं मनाउँदाको सम्झनादेखि शहर छिरेपछि दशैं मनाउने कुरामा भएको परिवर्तनबारे सोचमग्न हुने बताउँछन् । बाल्यकालमा घर नजिकैको रबरको रुखमा लगाएको पिङ खेल्नेदेखि दशैंमा टीका लगाउने र लगाइदिने गरेको सम्झिन्छन् उनी ।

खानाको विषयमा भने उनी सौखिन छन् । पकाउन र खान पनि । बाल्यकालमा छिमेकमा रहेको थारु परिवारमा गएर खाएका खाना सम्झिन्छन उनी । तराईंका स्थानिय परिकार बनाउनमा पनि खप्पिस छन् । तरेवादेखि घुंगीसम्म बनाउन सक्छन् ।

अनि मासुको पनि उत्तिकै सौखिन छन् । खाना खाने विषयमा पनि उनी धेरै गुनासो नगर्ने र जे जस्तो हुन्छ, जस्तो ठाउँमा जे पाईन्छ त्यहि खाने बताउँछन् ।

प्रस्तुत छ, बरालसँग खाना र दशैं केन्द्रित रहेर क्लिकमान्डुका युवराज भट्टराईले गरेको कुराकानीः


युवराज भट्टराई