हवाई दुर्घटना: सरकारले कानुन अड्काउँदा मृतकका परिवारले १ करोड रुपैयाँ कम पाउने



काठमाडौं । सौर्य एयरलाइन्सको ९ साउनमा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकाका परिवारले शव नबुझ्ने भन्दै आन्दोलन गरे । बिमा रकम छिटो पाउनुपर्ने, कर्मचारी भएकोले एयरलाइन्सले थप क्षतिपूर्ति दिनुपर्ने र परिवारका सदस्यलाई रोजगारी दिनुपर्ने लगायतको माग गरेर उनीहरुले आन्दोलन गरेका थिए । तर शनिबार रातिसम्म सबैले शव बुझे ।

जहाज दुर्घटजामा १८ जनाले ज्यान गुमाएकामा १७ जनाका परिवारले शव बुझेका छन् । एक विदेशीको शव भने बुझ्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

कानुनको तयारी भएको भए पनि बेलैमा सरकारले त्यसलाई अघि नबढाउँदा विमान दुर्घटनामा ज्यान गुमाएकाको परिवारले पाउने रकम भने निकै कम हुन पुगेको हो ।

हवाई दुर्घटनामा ज्यान गुमाएका कम रकम पाउने, कारण सरकार

सरकारकै कारण वायुसेवाको दुर्घटनामा ज्यान गुमाउनेको परिवारले पाउने क्षति कम भएको छ । हाल मृतकका परिवारले २० हजार डलर (अहिलेको सटहीको आधारमा करिब साढे २६ लाख रुपैयाँ ) पाउँछन् । सरकारले समयमै कानुन बनाएको भए सौर्य एरलान्सको जहाज दुर्घटनामा परेकाको परिवारले क्षतिपूर्ति कम भयो भनेर असहमत हुने अवस्था बन्ने थिएन ।

सरकाररले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँभन्दा बढी रकम पाउने कानुनी व्यवस्था बनाउन ढिलाइ गरिरहेको हो ।

सरकारले ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ बनाउन ढिलो गरिरहेको छ ।

यो विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेर पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा गत फागुनमै दर्ता गराएको थियो ।

मन्त्रिपरिषदले उक्त विधेयकको मस्यौदालाई स्वीकृत गरिसकेको छ । तर, त्यसलाई अन्तिम रुप दिएर संसदबाट पारित गराउन भएको ढिलाइका कारण जहाज दुर्घटना ज्यान गुमाएकाको परिवारले पाउने क्षतिपूर्ति एक करोड रुपैयाँ भन्दा बढीले नै कम भएको हो ।

यो विधेयक स्वीकृत भएपछि आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले पाउने यस्तो क्षतिपूर्ति रकम कम्तिमा १ करोड ३३ लाख रुपैयाँ हुन्छ । उक्त कानुन बनेको अवस्थामा आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुले हाल पाउँदै आएको बिमा रकम ५ गुणाले बढ्ने छ ।

सरकारले आन्तरिक हवाई दुर्घटनामा परेका यात्रुले पाउने क्षतिपूर्ति बढाउन खोजेरै त्यलाई सम्बोधन गर्ने गरी नयाँ ऐन ल्याउन खोजेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका एकअधिकारीका अनुसार नयाँ कानुन बनाउन खोजिएको भए पनि विभिन्न कारणले ढिलो भइरहेको छ । मन्त्रालयले आवश्यक खाका तयार पारेको भए पनि त्यसलाई कानुन मन्त्रालयको राय लिएर फेरि मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

‘हाल अन्तर्राष्ट्रिय उडानमा यस्तो बिमा रकम १ लाख ६० हजार डलर छ । सोही अनुसार बनाउन नसकिए पनि १ लाख डलर बनाउन गरी कानुनको मस्यौदा तयार पारिसकिएको छ’ मन्त्रालयका अधिकारीले भने ।

यो विधेयक तयार पार्न यसअघि २०७७ चैत १२ मै सरकारले सहसचिव लामिछाने नेतृत्वको ९ सदस्यीय कार्यदललाई जिम्मा दिएको थियो । उक्त कार्यदलले तयार पारेको मस्यौदालाई मन्त्रिपरिषदमा पेश गरेको र त्यसैलाई स्वीकृति दिएर अब अन्तिम रुप दिन भनेको थियो ।

‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’को उक्त मस्यौदामा आन्तरिक हवाई उडानमा समेत मन्ट्रियल महासन्धि १९९९ का प्रावधान लागू गर्न खोजिएको हो । यो महासन्धिले हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको निकटको परिवारले १ लाख डलर क्षर्तिपूर्ति पाउँछन् । यो क्षतिपूर्ति हाल अन्तर्राष्ट्रिय उडानका वायुसेवाको हकमा मात्रै नेपालमा पनि लागू छ ।’

नेपालले सन् २०१८ को अक्टोर १६ मा महासन्धिलाई अनुमोदन गरेर सोही वर्षको डिसेम्बर १५ बाट लागू गरेको हो । यही महासन्धि अनुसार ऐन बनाएर आन्तरिक उडानमा पनि यात्रुले पाउने बिमा दाबी, ब्यागेजको क्षतिपूर्ति, जहाज डिले हुँदा पनि क्षतिपूर्ति दाबी गर्न सक्ने व्यवस्था गर्न खोजिएको पर्यटन मन्त्रालयको भनाइ छ ।

बिमा रकम बढाउँदा प्रिमियम पनि बढ्ने भएकोले कम्पनीहरुलाई मार नपर्ने गरी १ लाख डलरमात्रै प्रस्ताव गर्न खोजिएको मन्त्रालयको भनाइ छ ।

पर्यटन मन्त्रालयले तयार पारेको हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयकको मस्यौदा अनुसार नेपालले आन्तरिक उडानमा वार्सा कन्भेन्सन १९२९ को प्रावधानलाई लागू गरिरहेको छ ।

यो प्रावधानअनुसार अहिले कुनै पनि आन्तरिक उडानका जहाज दुर्घटन हुँदा यात्रुले ज्यान गुमाएको अवस्थामा बिमा कम्पनीबाट २० हजार डलर क्षतिपूर्ति पाउँछन् ।

यसका लागि सम्बन्धित जहाज र बिमा कम्पनीले सहजीकरण गर्ने भएकोले बिमा रकम यात्रुलाई दिन गाह्रो नभएको आन्तरिक वायुसेवा कम्पनीको भनाइ छ ।

७ वटा विमान दुर्घटनाको जिम्मेवारी लिनुपर्छ भन्दै सांसदले महानिर्देशक अधिकारीलाई पारे र्‍याखर्‍याख्ती (भिडियो)

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्धार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

विमान दुर्घटनामा बाँचेका पाइलट शाक्यले भने: १०० फिटमाथि पुगेपछि मैले जहाज कन्ट्रोल गर्न सकिनँ

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न अटेरी, दुर्घटना भए कति क्षति हुन्छ ?

सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द, नेपाली हवाई सेवाको कालोसूची थप जोखिममा

सौर्य एयरको विमान दुर्घटना: उपचाररत पाइलट शाक्यको प्रतिक्रिया- अल गुड !

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्दार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

नेपालमा किन भइरहन्छन् विमान दुर्घटना ? अहिलेसम्म ६८ दुर्घटना

विमान दुर्घटनाका घाइते पाइलटलाई भेटेपछि प्रधानमन्त्रीले भने: अब यस्तो कहिल्यै नहोस् !

विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली

विमान दुर्घटना: टिचिङ अस्पतालमा शव परीक्षण सुरू, एक जनाको शव पत्ता लगाउन ४ घण्टा लाग्ने

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


क्लिकमान्डु