क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल



विराटनगरमा रहेको सुशान्तको घर

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवाल क्याप्टेन हुने लाइनमा थिए । २ वर्षअघि मात्रै सौर्य एयरमा कोपाइलटको रोजगारी पाएका कटुवाल दक्षिण अफ्रिकामा पढेर नेपाल फर्किएका थिए ।

२७ वर्षीय सुशान्त परिवारको एक्लो सन्तान हुन् । बुवा र आमा विराटनगरमा बस्ने गरेका थिए । तर छोरो कोपाइलट भएपछि उनीहरु पनि छोरासँगै बस्न भक्तपुर आएका थिए ।

विराटनगरमा रहेको सुशान्तको घर

मोरङका पूर्वजिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालको छोरा हुन् सुशान्त । पुर्ख्यौली घर ओखलढुंगा भए पनि विराटनगरमा बस्दै आएका कटुवाल परिवार सुशान्त कोपाइलट भए मात्रै भक्तपुर आएको हो ।

कटुवालको घर विराटनगर महानगरपालिका-३ आयल निगमपूर्व उदय मार्गमा रहेको छ । तर केही वर्षयता भने उनीहरुको विराटनगरस्थित घर बन्द अवस्थामा छ ।

सुशान्तले क्याप्टेन भएपछि विवाह गर्ने र घर बनाउने बताउने गरेका थिए । ‘केही वर्षदेखि उहाँहरु यहाँको घर भाडामा लगाएर काठमाडौंमा बस्दै आउनु भएको छ’ विराटनगरस्थित सुशान्तका छिमेकी हरि आपागाईले भने,’ पाइलट बनेपछि काठमाडौंमा घर बनाएर बिहे गर्छु भन्थे,’ आपागाईले भने ।

उनीहरु दुई वर्षदेखि भक्तपुरमा बस्दै आएका छन् । भक्तपुरको राधे राधेमा बस्दै आएका कटुवाल इमान्दार र सहयोगी स्वाभावका भएको उनका काका नेत्र कटुवालले बताए ।

परिवारका एक्लो छोराको दुर्घटनामा मृत्यु भएको खबर थाहा पाएपछि दाई भाउजुलाई भेट्न भर्खरै काठमाडौं आइपुगेको नेत्रले बताए ।

‘घरमा पुगेपछि थप कुरा गरौंला,’ नेत्रले भक्कानिँदै क्लिकमान्डुसँग भने, ‘अहिले पीडाको बेला बाटोमै भएकोले धेरै गफ गर्न सकिन ।’

सुशान्तको मृत्युको खबरपछि बुवाआमा भने मानसिक रुपमा विक्षिप्त र बेहोसी अवस्थामा रहेको उनले बताए ।

सम्बन्धित समाचार

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


क्लिकमान्डु