विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन



काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाका विषयमा छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।

आज बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगलाई अध्ययन गर्न ४५ दिनको समय दिइएको छ।

आज बिहान ११ः११ बजे काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । घाइते पाइलटको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।


क्लिकमान्डु