व्यवसायीद्वय भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश, डिल्लीबजार कारागार चलान


काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो ।

थुनछेक बहस सकिएसँगै उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।

प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरिएको थियो ।