सम्पत्ति शुद्धीकरणको मुद्दामा दीपक सुलभलाई थुनामा पठाउन विशेष अदालतको आदेश


काठमाडौं । विशेष अदालतले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। यो आदेशसँगै उनीहरुलाई डिल्लीबजार कारागारमा पठाइएको छ ।

उनीहरू विरुद्ध दायर भएको सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधबार यस्तो फैसला सुनाएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासमा आरोपीहरूको बयान लिइएको थियो।

बयान सकिएलगत्तै भएको थुनछेक बहसपछि अदालतले उनीहरूलाई थुनामै राखेर मुद्दाको किनारा लगाउन आदेश जारी गरेको हो।