१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)



काठमाडौं । काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको चार्टर्ड फ्लाइट दुर्घटनामा परेको छ ।

बिहीबार बिहान ११ बजेर ११ मिनेट सौर्य एयरको नाइन एन एएमई सीआरजे २०० विमान उडान गर्नासाथ रनवे २ जीरोबाट पूर्वतर्फ चिप्लिएर दुर्घटनामा पर्दा आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार जहाजमा १९ जना छन् । विमान चालक दलका सदस्य इन्जिनियर र कर्मचारी गरी १९ जना रहेको उनले बताए ।

यसमध्ये अधिकांशको उद्धार गरेर अस्पताल लगिएको र उनीहरुको अवस्थाबारे एकिन नभएको उनले बताए ।


क्लिकमान्डु